Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख १० गते ।

देशभरका हुलाक कार्यालय शनिबार बाहेकका सार्वजनिक बिदामा पनि खुल्ने भएका छन् ।

मन्त्रिपरिषद्को ६ वैशाखमा बसेको बैठकले शनिबार बाहेक अन्य सार्वजनिक विदाका दिनहरुमा पनि कार्यालय खुला रहने गरी विदा मिलाउन स्वीकृति दिएको हो । अत्यावश्यक कागजहरु पुर्‍याउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको गोश्वारा हुला कार्यालयले जनाएको छ ।

हुलाक कार्यालयहरुमा दशैंमा ३ तीन, तिहारमा २ दिन र होलीको एक दिन मात्र विदा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *