Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ११ वैशाख । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाइ गरेको थियो ।

मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *