Samajik Feed – News Portal from Nepal

इलाम-२ मा कांग्रेसको अग्रता, पछ्याउँदै सुहाङ

सामाजिक फीड, इलाम, १६ वैशाख । इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ । प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् […]

ब्याटिङ गर्ने क्रममा नेपालका ओपनर लोकेश बम घाइते

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । उनी १७ रन बनाएर खेलिरहेका थिए । त्यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल र अनिल शाह पनि आउट […]

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ […]

चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने घोषणा

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ ।  चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।  काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने […]

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् ।  आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।  “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, […]

काठमाडौं महानगरले देशैभरका विपन्न नागरिकको निःशुल्क उपचारको व्यवस्था गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घोषणा

समाजिक फीड, जनकपुरधाम , वैशाख १६ गते । नेपालको जुनसुकै पालिकाको भए पनि विपन्न नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न,असहायको सिफारिस ल्याएमा काठमाडौंमा निःशुल्क उपचारको व्यवस्था पाइने गरि व्यवस्था मिलाइएको बताएका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्। कि “नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले […]

अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनि

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । गुगलको मुख्यकम्पनि अल्फाबेट पुन: २ ट्रीलियन डलरको कम्पनि बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रीलियन डलर पुगेको हो । अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रीलियन  डलरको कम्पनि बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनि बनेको छ । […]

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् । अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका हुन् । जनता समाजवादी  पार्टीका […]

जापानी विदेशमन्त्री आज नेपाल आउँदै

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छन् । जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जापानी दूतावासले जनाएको छ । विदेशमन्त्री खामिखावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको दुताबासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो […]

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन्। मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । बालेनको कविता संग्रह ‘अश्र’ बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । […]