समाजिक फीड,
जनकपुरधाम , वैशाख १६ गते ।
नेपालको जुनसुकै पालिकाको भए पनि विपन्न नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न,असहायको सिफारिस ल्याएमा काठमाडौंमा निःशुल्क उपचारको व्यवस्था पाइने गरि व्यवस्था मिलाइएको बताएका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्। कि “नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।
तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।
सम्पर्क : ११८० (1180)
वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग”
सुविधाको लागि चाहिने कागजातहरु:
लक्षित वर्गको रूपमा हो भनी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले जारी गरेको कागजात वा परिचयपत्र, जस्तै राष्ट्रिय परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, वा जन्मदर्ता, र भर्खरको खिचिएको फोटो ।