समाजिक फीड,
जनकपुरधाम , वैशाख १६ गते ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका हुन् ।
जनता समाजवादी पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेत अनुसार अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्किने कार्यक्रम तय भएको छ । आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको बस्नेतले बताए ।