पर्सामा तीन बाघ मरेको विरोधमा काठमाडौंमा प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र २० गते । पर्सामा मरेको तीन बाघबारे जवाफ माग्दै डब्लुडब्लुएफको कार्यालय, बालुवाटार अगाडि पशु अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्। गत पाँच महिनाको अवधिको पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएका तीनवटा वयस्क बाघ मरेका थिए। पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको भए पनि यसको उचित संरक्षण नभएको भन्दै यसको संरक्षको माग गरेका हुन्। पशु अधिकारकर्मीले […]
रास्वपाका उपाध्यक्ष र सहमहामन्त्री पनि सहकारी ठगीमा संलग्न रहेको सांसद् यादवको दाबी

सामाजिक फीड, काठमाडौँ, २० चैत्र । ‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालको पनि संलग्नता रहेको दाबी गरिएको छ । मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको दाबी गरेका हुन् । […]
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

सामाजिक फीड, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् […]
मंगलबार सुनको मूल्य घट्यो

काठमाडौँ, २० चैत्र । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन तोलामा चार सयले घटेको हो । सोमबार तोलामा एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आज एक लाख ३१ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुन एक लाख ३० […]
समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त आह्वान
सामाजिक फीड, काठमाडौँ, २० चैत्र । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै संवैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी […]
रौतहटमा घाटगद्दी गरिएको काठमा आगलागी, लाखाैँको क्षति

सामाजिक फीड, रौतहट, २० चैत्र । रौतहटस्थित डिभिजन वन कार्यालयअन्तर्गत घाटगद्दी गरी राखिएको लाखाैँ रुपैयाँको काठ नष्ट भएको छ । सोमबार दिउँसो सुरु भएको आगलागीबाट लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ–दाउरामा जलेर नष्ट भएको हो । आगलागी सात घण्टाको प्रसासपछि गएराति १० बजे मात्र नियन्त्रणमा आएको थियो । गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान […]
आईपीएल: आज बैंगलुरु र लखनउबीच प्रतिस्पर्धा हुने

सामाजिक फीड, भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजे सुरु हुनेछ । जारी आईपीएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार ब्यहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक […]
आज नेपाल र बरोडा भिड्ने

सामाजिक फीड, काठमाडौँ, २० चैत । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २: ४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको […]
गहवामाईको निशानसहित डोली यात्रा निकाल्ने तयारी

विरगञ्ज, २० चैत । गहवामाईको निशानसहित प्रथम डोली यात्रा वैशाख ४ गते हुने भएकाे छ । माईस्थान सञ्चालक समितिका अनुसार श्री गहवा माईको निशानसहितको प्रथम डोली यात्रा वैशाख ४ गते मंगलबार दिनको ४ बजे प्रारम्भ गरिने भएकाे हाे । डोली यात्रा मन्दिरबाट शुभारम्भ भएर २ नम्बर रोड हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर, अलखिया मठ, महावीर […]
मासुमा मसला नहालेपछि श्रीमानले श्रीमतीलाई छतबाट फालिदिए

इस्लामबाद, २० चैत । खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्। सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेपछि एक व्यक्तिले श्रीमतीलाई छतबाट तल फालेका छन् । घटना पाकिस्तानको लाहोर सहरस्थित नोनारियन […]