Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

रौतहट, २० चैत्र । रौतहटस्थित डिभिजन वन कार्यालयअन्तर्गत घाटगद्दी गरी राखिएको लाखाैँ रुपैयाँको काठ नष्ट भएको छ । सोमबार दिउँसो सुरु भएको आगलागीबाट लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ–दाउरामा जलेर नष्ट भएको हो ।

आगलागी सात घण्टाको प्रसासपछि गएराति १० बजे मात्र नियन्त्रणमा आएको थियो । गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले बताए।

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन निमार्णका लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको थियो । पाँच वटा वारुण यन्त्रसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *