मौलापुर दलित बस्तीमा आगलागी, ३ गोठ जलेर लाखौंको क्षति

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार ,रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। घर गोठभित्र रहेका गैस सिलिन्डर, खदान्न समाग्री , […]
समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशनकुमार अधिकारी

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अन्तिम नतिजा सार्वजनिक गर्दै रोशनकुमार अधिकारी छनोट भएको जनाएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले […]
काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली […]
कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध आरोपपत्र दायर

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरको छ । अख्तियारले सिचाई आयोजना निर्माणका क्रममा १३ लाख ७४ हजार ९९१ अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको […]
गण्डकीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै कांग्रेस सर्वोच्चमा

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ । अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर […]
चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक फीड, जनकपुरधाम, २७ चैत्र । जनकपुरधाममा एक युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार जनकपुरधाममा धारिलो हतियार प्रहार गरी महोत्तरीको एकडारा गाउँपालिकाका भटोलियाका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या गरिएको थियो । यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार नै जनकपुरधाम –४ शन्तिनगरका २२ वर्षीय अर्जुन भनिने अजयकुमार साहलाई पक्राउ गरेको […]
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्: प्रधानमन्त्री

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका […]
गण्डकीको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ, २७ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियारले स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन […]
गृहमन्त्रीले दमन गरे, राजीनामा दिनुपर्छ: अध्यक्ष लिङदेन

सामाजिक फीड, काठमाडौँ, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफूहरूको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउँदै अब आफूहरूले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् । उनले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन […]
२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ : रास्वपा

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै रास्वपाका उपसभापति एवं सांसद डा। स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए । एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको […]