नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको पहिलो हार

सामाजिक फीड-२६ गते जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले […]
जनकपुरको पुस्तकालयको दयनीय अवस्था, स्थानीय सरकारको चासोको कमी

सामाजिक फीड-२५ गते जनकपुरधाम धर्म र संस्कृतिका केन्द्रको रूपमा प्रसिद्ध जनकपुर, जहाँ बुद्धिजीवीहरूको संख्या निकै ठूलो छ, यहाँको सार्वजनिक पुस्तकालयको अस्तित्व संकटमा परेको छ। २०१२ सालमा गंगासागर पोखरीको डिलमा स्थापना भएको यो पुस्तकालय आज पनि सुविधा र संरचनामा निकै कमजोर अवस्थामा छ। पुस्तकालयको अवस्थाले यहाँका स्थानीयलाई अध्ययन र ज्ञानको थलोमा पुग्न गाह्रो बनाएको छ। पुस्तकालयमा सुविधाको […]
धनुषामा महिला क्रिकेट छनौट प्रतियोगिता सुरु

सामाजिक फीड-२५ गते जनकपुरधाम धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि राम जानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला, रजौल जनकपुरधाम-१४ मा प्रथम महिला क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ। यो छनौट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदद्वारा सञ्चालित प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरू चयन गर्न आयोजना गरिएको हो। प्रतियोगिताको उद्घाटन जनकपुरधाम उपमहानगरका मेयर मनोज साहको उपस्थितिमा सम्पन्न […]
एनपीएल २०२४: लुम्बिनी लायन्सले पहिलो जित दर्ता, चितवन राइनोजलाई ३३ रनले पराजित

सामाजिक फीड-२५ गते जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा लुम्बिनी लायन्सले आफ्नो पहिलो जित दर्ता गर्दै चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ। लगातार चार खेलमा पराजय भोगेको लुम्बिनीले पाँचौं खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको हो। लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र […]
गढीमाई महामेला फर्किँदै गर्दा दुर्घटना, ८ जनाको मृत्यु, ४ घाइते

सामाजिक फीड-२५ गते जनकपुरधाम बाराको गढीमाई महामेलाबाट फर्किँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो जिप रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिप अनियन्त्रित भई सडकबाट तल झरेर दाहिने साइडको रुखमा ठोक्किँदा उक्त घटना भएको हो। मृतकमध्ये सबै सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा नं. ३ बंठियाटोलका रहेका […]
धनौजी गाउँपालिका उपाध्यक्ष रामवति मण्डल कांग्रेसबाट निष्कासन

सामाजिक फीड-२५ गते जनकपुरधाम धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति देवी मण्डललाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। पार्टीको विधान विपरीत गतिविधिमा संलग्न भएको आरोपमा कांग्रेसको धनौजी गाउँ कार्य समितिले मण्डललाई कारबाहीको लागि पत्राचार गरेको हो। गाउँ सभापति रामनारायण यादवका अनुसार, मंसिर २२ गते बसेको गाउँ कार्य समितिको बैठकले उपाध्यक्ष मण्डललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उक्त […]
धनुषामा धान खरिद सुरु, सोना मन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल ३५८० रुपैयाँ

सामाजिक फीड-२५ गते जनकपुरधाम धनुषामा सोमबारदेखि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेश प्रादेशिक कार्यालयले यस वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको हो। कार्यालय प्रमुख देवेन्द्र राईका अनुसार सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,५८० रुपैयाँ ६२ पैसा […]
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२४: जनकपुरमा प्रभातफेरी र्याली

सामाजिक फीड-२५ गते जनकपुरधाम अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२४ को अवसरमा “हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य” भन्ने नाराका साथ जनकपुरधाममा प्रभातफेरी र्याली आयोजना गरियो। मङ्गलबार बिहान ७ बजे जनकपुर रेलवे स्टेशनबाट सुरु भएको र्यालीमा मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि नागरिक समाज, अधिकारकर्मी, मिथिला मन्टेश्वरी स्कूल जनकपुरधामका विद्यार्थी, र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू उत्साहजनक रूपमा सहभागी भए। […]
सर्प व्यवस्थापन कार्यमा डिभिजन वन कार्यालय धनुषा

सामाजिक फीड, मंसिर २४ ,जनकपुरधाम। डिभिजन वन कार्यालय धनुषाले सर्पको संरक्षण र उद्धारमा विशेष ध्यान दिएको छ। पछिल्लो तीन महिनाको अवधिमा ८ वटा सर्पको सफलतापूर्वक उद्धार गरिएको छ। कार्यालय प्रमुख विनोद सिंहका अनुसार सर्पलाई अकारण हानि पुर्याउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सर्प संरक्षणलाई प्राथमिकतामा राखिएको छ। सर्प उद्धारमा सक्रिय वन रक्षक आकाशकुमार यादवले विशेष भूमिका निर्वाह गरिरहेका […]
झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
सामाजिक फीड, मंसिर २४ ,जनकपुरधाम। जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरस्थित कभर्ड हलको झ्यालमा झुण्डिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन्। आईतवार बिहान गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत ५५ वर्षीय सुधिर कुमार झाको शव झुण्डिएको अवस्थामा फेला परेको हो। हनुमान मन्दिरमा पूजा गर्न बिहान पुगेका भक्तजनहरूले कभर्ड हलको झ्यालमा शव देखेपछि प्रहरीलाई […]