Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
२५ गते जनकपुरधाम

बाराको गढीमाई महामेलाबाट फर्किँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो जिप रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिप अनियन्त्रित भई सडकबाट तल झरेर दाहिने साइडको रुखमा ठोक्किँदा उक्त घटना भएको हो।

मृतकमध्ये सबै सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा नं. ३ बंठियाटोलका रहेका छन्। मृतकको सनाखत यस प्रकार छः
१. लरुवती देवी महरा (६०)
२. उर्मिला महरा (३०)
३. रामकुमारी महरा (५०)
४. महगीं देवी महरा (५५)
५. फुलमन्ति देवी चमार (६२)
६. रामकुमारी देवी महरा (६०)
७. सकुन्तला देवी महरा (३०)
८. श्रीकुमार यादव (४०), चालक

घाइते चारजनाको चन्द्रनिगाहपुरमा रहेको अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *