Samajik Feed – News Portal from Nepal

विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्वीर इन्स्टाग्राममा शेयर गर्दै आफूहरु आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि […]

नेपाली बजारमा फेरी सुनचांदी को मूल्य बढ्यो, प्रति तोला कति ?

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २३०० ले बढेर १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० […]

मधेशमा डाँका चोरी बढ्यो

सामाजिक फीडजनकपुरधाम , बैशाख २८ गते । मधेश प्रदेशमा पछिल्लो समय चोरी र डाँका घट्नामा वृद्धि भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार २०८० साउनदेखि चैतसम्ममा १४ वटा डाँकाचोरीको घटना भएका छन् । २०७९–०८० मा तराईमा २६ वटा डाँकाचोरीका घटना भएका थिए । २०८० साउनयता ९ महिनामा १४ वटा डाँकाचोरी भएको भएको प्रदेश प्रहरी […]

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुइ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। samajik_feedsamajikfeed.com

प्रधानमन्त्रीले सत्ता जोगाउन राजनीतिक दल फुटाउनु भयो: लिङदेन

सामाजिक फीडजनकपुरधाम, बैशाख २७ गते । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्प कमल दाहाल माथि सत्ता जोगाउन दल फुटाउने आरोप लगाउनु भयो। सामाजिक संजालमा टिप्पणी गर्दै वहाले यस्तो आरोप लगाउनु भयो। बैसाख २३ गत्ते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १२ मध्ये ७ सांसदले अशोक राईको नेतृत्वमा नया पार्टी “जसपा” गठन गरेको थियो। वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् […]

बझाङको उपनिर्वाचनमा जितेका प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । उपनिर्वाचन बझाङ-१ क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद र गोपनीयताको शपथ लिएका छन्। सभामुख भिमबहादुर भण्डारीले विहिबार प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। बझाङ-१ क्षेत्रको उपनिर्वाचनमा नेकपा ९नेपाल कम्युनिस्ट पार्टी० एमालेका भण्डारीले ११,६१२ मतसहित विजयी भएका थिए। उनी आफ्ना प्रतिस्पर्धी नेपाली […]

जलेश्वरका मेयर साह र उपमेयर खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरी, २७ वैशाख । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नगर प्रमुख साह र उपप्रमुख खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, […]

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

सामाजिक फीड, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले आजै शपथ लिने बताइएको छ । संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार कार्कीले माओवादीको […]

मुम्बई आईपीएलको प्लेअफ दौडबाट बाहिरियो

सामाजिक फीड, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ । यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ । अंक तालिकामा नवौं स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकि रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो । अंक […]

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

भारत । भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ । यसअघि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो । भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना महामारीको समयमा कोविशिल्ड भ्याक्सिन बनाएको हो । भारतको सीरम इन्स्टिच्युटका प्रवक्ताले भने, ‘भारतले २०२१ र २०२२ मा उच्च स्तरको […]