Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख २७ गते ।

उपनिर्वाचन बझाङ-१ क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद र गोपनीयताको शपथ लिएका छन्।

सभामुख भिमबहादुर भण्डारीले विहिबार प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

बझाङ-१ क्षेत्रको उपनिर्वाचनमा नेकपा ९नेपाल कम्युनिस्ट पार्टी० एमालेका भण्डारीले ११,६१२ मतसहित विजयी भएका थिए। उनी आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहलाई २६७ मतको विश्वासमा पराजित गरेका थिए। सिंहले ११,३४६ मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेसका पूर्व प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको २०७९ वर्षमा एक सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *