सामाजिक फीड
जनकपुरधाम, बैशाख २७ गते ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्प कमल दाहाल माथि सत्ता जोगाउन दल फुटाउने आरोप लगाउनु भयो।
सामाजिक संजालमा टिप्पणी गर्दै वहाले यस्तो आरोप लगाउनु भयो।
बैसाख २३ गत्ते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १२ मध्ये ७ सांसदले अशोक राईको नेतृत्वमा नया पार्टी “जसपा” गठन गरेको थियो।
वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादव एउटा कार्यक्रमको सिलिसिलामा अमेरिका रहनु भएको समयमा पार्टी फुटेको कारण तेस्मा प्रधानमन्त्री को पनि भूमिका रहेको आरोप लागेको थियो।
नया पार्टीलाइ निर्वाचन आयोगले मान्यता दि सकेको छ, तर उपेन्द्र यादवले पार्टी दर्ता असंवैधानिक भएको र आफ्नो पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने बताउनु भएको छ।
जसपा र जसपा नेपाल दुवै पार्टी द्वारा सरकार लाई समर्थन कायमै छ।