Samajik Feed – News Portal from Nepal

नीति तथा कार्यक्रम: आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ ।  संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।  उनले भने- कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको […]

संघीय संसद भवन पुगे राष्ट्रपति पौडेल

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । राष्ट्रपति राम चन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन् । संसद भवनमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई स्वागत गरेका थिए । राष्ट्रपतिको सम्मानमा संसद भवनमा नेपाली सेनाको एक […]

कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ । निर्मला जसपा […]

वाराणसी लोकसभा सिटबाट मोदीको उम्मेदवारी

भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए । सो अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका […]

कोशी: सांसद् निर्मला लिम्बूद्वारा जसपामा सनाखत

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वको जसपाको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ । निर्मला जसपा नेपालबाट समानुपातिक सांसद […]

संविधानको रक्षाका लागि प्रथम राष्ट्रपति यादवको अत्यावश्यक बिन्ती

सामाजिक फीडजनकपुर – १ जेठ २०८१, मंगलवार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको बताउनु भयो । उहाँले संविधान […]

संघीय संसद भवनमा राष्ट्रपतिको स्वागतका लागि तयारी हुदे

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा तयारी गरिएको छ।  सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल […]

सिरहाको लहानमा बम पडकाएर लुटपाट

सामाजिक फीड जनकपुरधाम , जेष्ठ १ गते । सिरहाको लहानमा बम पडकाएर लुटेराहरुले लुटपाट गरेका छन । लहान नगरपालिका १७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सोमबार राती ११ बजेर ४० मिनेटको समयमा आएका लुटेराहरुले ४ वटा घरमा लुटपाट गरेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक विष्णु […]

सार्वजनिक पद धारणा गरेका ६ हजार बढी व्यक्तिले सम्पत्ति विवरण बुझाएन, अख्तियारलाई बुझाइयो विवरण

सामाजिक फीडजनकपुरधाम , जेष्ठ १ गते । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । गत आर्थिक वर्ष २०७९ ८० मा उनीहरुले आफ्नो सम्पत्ति विवरण नबुझाए राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि […]

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ। यसअघि गत आईतवार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए। यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि […]