Samajik Feed – News Portal from Nepal

यस्ता छन् संसदीय छानबिन समिति गठनका सहमति र कार्यक्षेत्र

सामाजिक फीड,काठमाडौँ, १५ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरूबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन् । जसमा एमाले र कांग्रेसबाट २-२ जना सदस्य हुने छन् भने […]

सहकारी ठगी प्रकरण: कार्यदलमा चार बुँदे सहमति

काठमाडौँ, १५ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरूबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । कार्यदलले गरेको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएपछि मात्र सहमतिका बुँदा सार्वजनिक गर्ने जनाएको छ । अहिले कार्यदलले प्रधानमन्त्री दाहाललाई सहमति बुझाउन लैजाँदै छ । कार्यदलमा […]

११ वर्षीया बालिकासँग विवाह गर्ने युवा समातिए

सामाजिक फीड,अर्घाखाँची, १५ जेठ । अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा ३० वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ। पाणिनी गाउँपालिका वडा नम्बर ४ पटौटीका अम्मरबहादुर राना मगरले वैशाख ३१ गते नाबालिकासँग विवाह गरेको खुलेको छ। अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतितसिंह राठोरका अनुसार ११ वर्ष सात महिना उमेरकी बालिका स्थानीय एक विद्यालयमा कक्षा […]

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो । […]

धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्।

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, सात जना घाइते भएका छन्। सोमबार छथरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा त्रिवणीघाटमा ट्याक्टर अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा ४५ वर्षीय वीरबहादुर खनालको मृत्यु भएको हो। घाइते सात जनाको अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किएका छन्। samajik_feedsamajikfeed.com

अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ: क्रुजमा ८०० पाहुनासहित भव्य समारोह

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह जुलाईमा हुँदै छ। दोस्रो प्रि(विवाह समारोह मे २८ देखि ३० सम्म इटाली र फ्रान्सको समुद्रमा क्रूज ुसेलिब्रेटी एसेन्टु मा आयोजना हुनेछ। यसअघि पहिलो प्रि(विवाह समारोह मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा भएको थियो, जसमा १२५० करोड भारु खर्च भएको थियो। […]

आज बजेट आउदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ । संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ । अर्थमन्त्री बर्षमान पुनले अपराह्न १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली […]

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै  लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् । उनले लेखेका छन्- ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु […]

मन्त्रीहरू साउनभित्रै नयाँ मन्त्री क्‍वाटरमा सर्ने

ललितपुर । ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्री क्‍वाटरमा साउनभित्रै मन्त्रीहरू सर्ने भएका छन् । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरूलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने गरि अन्तिम चरणको काम भइरहेको छ । नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने […]

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

सामाजिक फीड, काठमाडौँ । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो । उपेन्द्र यादवले जसपा […]