Samajik Feed – News Portal from Nepal

कोशी: सांसद् निर्मला लिम्बूद्वारा जसपामा सनाखत

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वको जसपाको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ । निर्मला जसपा नेपालबाट समानुपातिक सांसद […]

संविधानको रक्षाका लागि प्रथम राष्ट्रपति यादवको अत्यावश्यक बिन्ती

सामाजिक फीडजनकपुर – १ जेठ २०८१, मंगलवार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको बताउनु भयो । उहाँले संविधान […]

संघीय संसद भवनमा राष्ट्रपतिको स्वागतका लागि तयारी हुदे

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा तयारी गरिएको छ।  सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल […]

सिरहाको लहानमा बम पडकाएर लुटपाट

सामाजिक फीड जनकपुरधाम , जेष्ठ १ गते । सिरहाको लहानमा बम पडकाएर लुटेराहरुले लुटपाट गरेका छन । लहान नगरपालिका १७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सोमबार राती ११ बजेर ४० मिनेटको समयमा आएका लुटेराहरुले ४ वटा घरमा लुटपाट गरेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक विष्णु […]

सार्वजनिक पद धारणा गरेका ६ हजार बढी व्यक्तिले सम्पत्ति विवरण बुझाएन, अख्तियारलाई बुझाइयो विवरण

सामाजिक फीडजनकपुरधाम , जेष्ठ १ गते । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । गत आर्थिक वर्ष २०७९ ८० मा उनीहरुले आफ्नो सम्पत्ति विवरण नबुझाए राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि […]

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ। यसअघि गत आईतवार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए। यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि […]

विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा वीरगंजका मेयर

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । सोमबार वीरगन्ज महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयमा पुगेर मेयर राजेशमान सिंहले उक्त कार्यक्रमको सुरुवात गरेका हुन्। कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । “यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको […]

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । बिहारका पूर्व उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।उनी ७२ वर्षका थिए र केही समयदेखि क्यान्सरसँग लडिरहेका थिए। लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए । उनले नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा […]

खेतमा लगाएको मोटर चारी गरेको आरोपमा बारा प्रहरीले एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख ३१ गते । किसानले सिँचाईको लागि खेतमा लगाएको मोटर चारी गरेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय श्याम सुन्दर सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पचरौता नगरपालिका वडा नं। ३ रामनगरबाट विभिन्न व्यक्तिहरूको पानी तान्ने मोटर […]

टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको काममा मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ […]