समाजिक फीड,
जनकपुरधाम , वैशाख ३१ गते ।
नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।
टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको काममा मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहिन भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं ७ चाबहिलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।