सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोगले रवि लामिछानेलाई बुझायो प्रतिवेदन

समाजिक फीडजनकपुरधाम, चैत्र १ गते सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प्रतिवेदन तयार भइसकेकाले आज सरकारलाई बुझाउने जानकारी दिए। आयोगका पदाधिकारीले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन्। दुई दिनअघि नै प्रतिवेदन बुझाउने तयारी रहे पनि राष्ट्रियसभाको अध्यक्ष चयन तथा प्रतिनिधिसभामा […]
कुवेतमा साथीलाई भेटेर फर्किने क्रममा कारको ठक्करबाट तीनजना नेपालीको मृत्यु

समाजिक फीड जनकपुरधाम, चैत १ गते । कारको ठक्करबाट कुवेतमा तीनजना नेपालीको मृत्यु भएको छ । मंगलवार विहान ५ बजेतीर महाबुल्ला क्षेत्रको सिसाइड रोडमा कुवेतका नागरिकले चलाएको कारले ठक्क्र दिँदा पापाजोन कम्पनीमा कार्यरत तीनजना नेपालीको मृत्यु भएको हो । मृतकमध्ये एकजना धनुषाका छन् । उनी मिथिला नगरपालिकास्थित बेंगाडाबरका धिरज गुर्मछान मगर रहेका छन् । त्यसैगरि […]
मधेश प्रदेश : दुईवटा मन्दिरमा तोडफोड गर्ने व्यक्ति पक्राउ, पाँच वर्षसम्म जेल हुनसक्ने

समाजिक फीड जनकपुरधाम, चैत १ गते । सर्लाहीको मलंगवास्थित दुईवटा मन्दिरमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले जनाएको छ । मंगलवार साँझ मलंगवा नगरपालिका–८ स्थि रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड भएको थियो । ती दुबै […]
६२ रुपैंया जरिवाना तिर्न नसक्दा बिजुली साह पक्राउ

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । बारा प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–७ बेनौली घर भई हाल कलैया उप–महानगरपालिका–१ मोतिबाग बस्ने ५० वर्षीय बिजुली प्रसाद साह रहेको प्रहरीले जनाएको छ । बिहीवार अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]
जलेश्वरमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । महोत्तरीमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जलेश्वर नगरपालिका–३ मलिवारामा बुधवार दिउँसो मङ्गल पाण्डेकी दुई वर्षीया छोरी रुचि पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि खेल्दै उनी घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता […]
मधेश प्रदेश : १३ सय ४६ पिस लागुऔषध ट्याब्लेट सहित कान्छाराम पक्राउ

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । बारा जिल्लाबाट ठूलो मात्रामा लागुऔषध सहित एकजना पक्राउ परेका छन् । निजगढ नगरपालिका १६ स्थित टांगिया बस्ती बस्ने २७ वर्षीय अजय घलान भन्ने कान्छाराम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको घरबाट प्रहरीले १३ सय ४६ वटा ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराका […]
सुनको सिक्री नपाएको झोंकमा विवाह तोडेका दुलहालाई हुनसक्छ ३ वर्ष जेल सजाय

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । सुनको सिक्री नपाएको विषयलाई लिएर भएको विवादपछि विवाह रद्द गर्ने बेहुलासहित पाँचजना विरुद्ध पर्सा प्रहरीले कानुनी कारबाही अघि बढाएको छ । पीडित बेहुलीको परिवारले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएको छ । पर्साका प्रहरी प्रवक्ता […]
प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै

सामाजिक फीड, काठमाडाैँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका हुन् । गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद् पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, […]
सुनको मूल्य १ हजार रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

समाजिक फीडजनकपुरधाम, फागुन ३० गते । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ […]
पूर्वप्रदेश प्रमुख धर्मनाथ यादवको निधन

सामाजिक फीड, सिरहा, २९ फागुन । लुम्बिनीका पूर्वप्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन भएको छ । नेकपा एमालेका नेतासमेत रहेका सिरहाको सुखिपुर–६ निवासी यादवको मंगलबार आफ्नै निवास गोलबजारमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । छोरा बुहारीसँगै गोलबजार नगरपालिका–६ मा बस्दै आएका उनको आज अपराह्न निधन नेकपा एमाले […]