सामाजिक फीड,
सिरहा, २९ फागुन । लुम्बिनीका पूर्वप्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन भएको छ । नेकपा एमालेका नेतासमेत रहेका सिरहाको सुखिपुर–६ निवासी यादवको मंगलबार आफ्नै निवास गोलबजारमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए ।
छोरा बुहारीसँगै गोलबजार नगरपालिका–६ मा बस्दै आएका उनको आज अपराह्न निधन नेकपा एमाले सिरहाका उपसचिवसमेत रहेका गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । सदस्यता लिएदेखि निरन्तर रूपमा कम्युनिस्ट पार्टीमै सक्रिय यादव २०७६ कात्तिक १८ गते गण्डकी प्रदेश प्रमुख बनेका थिए ।