सामाजिक फीड,
काठमाडाैँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका हुन् ।
गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद् पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत सहभागी छन् ।