Samajik Feed – News Portal from Nepal

ग्याँस लिक भएर रौतहटमा आगलागी ६ लाखभन्दा बढीको क्षति

सामाजिक फीडजनकपुरधाम, चैत्र २३ गते । भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस […]

स्थीति नियन्त्रण लिनका लागि सुनसरीमा प्रहरीले गर्‍यो दर्जनौं हवाइ फायर

सामाजिक फीडजनकपुरधाम, चैत्र २३ गते । सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि प्रहरीले हवाई फायर गरेको हो। यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो । गाउँपालिका भवन क्षेत्रमा २ हजार देखि […]

मधेशलाई मरुभूमि बनाउने ‘मसला’ को रुख नराेप्न विज्ञकाे सुझाव

महाेतरी, २३ चैत । मधेशमा दिनानुदिन पानीको संकट गहिरिँदो छ । भएका मुहानहरू सुक्न थालेका छन भने भूमिगत पानीको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरू काम नलाग्ने अवस्थामा पुगेका छन् । तर मधेशमा पानीको अभाव सिर्जना हुनुको कारण मध्ये मसलाको रुखलाई समेत दोष देखाउन थालिएको छ । झण्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो रुखकै […]

लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्ने, दाबी प्रस्तुत

दाङ, २३ चैत । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग सुनिश्चित देखिएको छ । महरालाई मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । जसअनुसार नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी […]

छतबाट खसेर एक किशोरीको मृत्यु

दोलखा, २३ चैत । दोलखामा छतबाट खसेर घाइते एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–३, बसपार्कस्थित च्छो–रोल्पा नर्सिङ कलेजमा अध्ययनरत १७ वर्षीया करुणा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–१०, रामबजारकी करुणा सोही कलेज होस्टेलको पाँच तलामाथिबाट बिहीबार साँझ लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारका निम्ति उनलाई चरिकोटस्थित […]

विभिन्न देशमा रहेका नेपाली दूतावासहरू जथाभावी शुल्क नउठाउन सर्वोच्चको आदेश

सामाजिक फीडजनकपुरधाम, चैत्र २३ गते। सर्वोच्च अदालतले विभिन्न देशमा रहेका नेपाली दूतावासहरूलाई जथाभावी शुल्क नउठाउन भनेको छ। विभिन्न दूतावासले अधिकृत वारेसनामा ९मुद्दा लड्न र सम्पत्तिको कारोबार गर्न तोकिने प्रतिनिधि० र अख्तियारनामा प्रमाणीकरण शुल्कमा ठूलो अन्तर देखिएपछि अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमा सर्वोच्चले यो आदेश गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा […]

रौतहटको वन क्षेत्रमा पुन: डढेलो सुरु

रौतहट, २३ चैत । रौतहटको वनमा भीषण आगलागी भएको छ । वन कर्मचारीको चरम लापरवाहीका कारण रौतहटको वनमा भीषण आगलागी भएको स्थानीयवासीले आरोप लगाएका छन् । चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको बनमा भीषण आगलागि भइरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिनेतर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको पनि स्थानीय बासिन्दाले बताएका छन् । चार दिन पहिला सो वनमा भएको आगलागीमा […]

वीरगञ्ज महानगरले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको इदको अवसरमा रात्रि बजार सञ्चालन गर्ने

सामाजिक फीडजनकपुरधाम, चैत्र २३ गते । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ। वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ। आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ। अहिले सजावटदेखि […]

जेलमा रहेका इमरानका लागि प्रति महिना ५ लाख ८० हजार खर्च

सामाजिक फीड, पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई […]

कति छ राहुल गान्धीको सम्पत्ति ?

भारत । भारतीय नेशनल कांग्रेसका पूर्वअध्यक्ष र लोकसभा सांसद् राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सिटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाडबाट चुनाव लडेका थिए । अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार ब्यहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि […]