Samajik Feed – News Portal from Nepal

दोलखा, २३ चैत । दोलखामा छतबाट खसेर घाइते एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका–३, बसपार्कस्थित च्छो–रोल्पा नर्सिङ कलेजमा अध्ययनरत १७ वर्षीया करुणा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१०, रामबजारकी करुणा सोही कलेज होस्टेलको पाँच तलामाथिबाट बिहीबार साँझ लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारका निम्ति उनलाई चरिकोटस्थित च्छो–रोल्पा अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचार गरियो । थप उपचारका निम्ति भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा ‘रिफर’ गरिएको थियो । मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *