Samajik Feed – News Portal from Nepal

दाङ, २३ चैत । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग सुनिश्चित देखिएको छ ।

महरालाई मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । जसअनुसार नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको जनाइएको छ ।

प्रदेश प्रमुख शेरचनले महरालाई आइतबारसम्ममा मुख्यमन्त्री नियुक्ति गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *