गण्डकीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै कांग्रेस सर्वोच्चमा

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ । अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर […]
चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक फीड, जनकपुरधाम, २७ चैत्र । जनकपुरधाममा एक युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार जनकपुरधाममा धारिलो हतियार प्रहार गरी महोत्तरीको एकडारा गाउँपालिकाका भटोलियाका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या गरिएको थियो । यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार नै जनकपुरधाम –४ शन्तिनगरका २२ वर्षीय अर्जुन भनिने अजयकुमार साहलाई पक्राउ गरेको […]
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्: प्रधानमन्त्री

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका […]
गण्डकीको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ, २७ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियारले स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन […]
गृहमन्त्रीले दमन गरे, राजीनामा दिनुपर्छ: अध्यक्ष लिङदेन

सामाजिक फीड, काठमाडौँ, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफूहरूको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउँदै अब आफूहरूले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् । उनले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन […]
२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ : रास्वपा

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै रास्वपाका उपसभापति एवं सांसद डा। स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए । एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको […]
काठमाडौँको भ्रद्रकाली क्षेत्र तनावग्रस्त

सामाजिक फीड, काठमाडौँ, २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्रद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ । प्रहरीले अहिले […]
राप्रपाको प्रदर्शनमा झडप

सामाजिक फीडकाठमाडौँ, चैत्र २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो ।निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ । प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार […]
वन्यजन्तु चोरी शिकारी मुद्दामा मधेशका मन्त्री, उनका भाई र सांसदले पाए सफाई, बाँकी अभियुक्तलाई सजाय

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । हातहतियार सहित वन्यजन्तु चोरी सिकारी मुद्दामा पर्सा राष्ट्रिय निकुञ्जले मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमादे जयसवालले सफाइ पाएका छन् । मन्त्री जैसवालका भाई समेत रहेका गाउँपालिका पूर्वअध्यक्ष र अर्का एकजना प्रदेश सांसदले समेत उक्त मुद्दामा सफाइ पाएका छन् ।अन्य प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय सुनाइएको छ । निकुञ्जका […]
भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ […]