Samajik Feed – News Portal from Nepal

हराएकी युवती अभिभावकको जिम्मा लगाइयो

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम। धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका वडा नं. ०३ की २० वर्षीय खुशवु कुमारी मोहनकार हराएको सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाले खोजीकार्य तीव्र पारेको थियो। खोजतलासको क्रममा माघ ४ गते खुशवु कुमारीलाई काठमाडौंस्थित एक स्थानबाट फेला पारिएको छ। प्रहरीले उनलाई सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई अभिभावक अशोक […]

नेपालमा पहिलो पटक फ्रेन्चाइज कबड्डी: नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरू

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज कबड्डी, नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरू भएको छ। दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा काठमाण्डौ माभरिक्स र पोखरा लेकर्सबीच बेलुकी साढे ६ बजे उद्घाटन खेल हुनेछ। प्रमुख खेलाडी र प्रशिक्षकहरूको सहभागिता काठमाण्डौ माभरिक्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान घनश्याम रोकामगर हुन्। […]

डुबेर मृत्यु भएकी बालिकाको गाडिएको शव तीन दिनपछि भेटियो

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम सप्तरी जिल्लाको देउरी भरुवा टोलमा तीन दिन अघि डुबेर मृत्यु भएकी दुई वर्षीया बालिकाको गाडिएको शव बिहीबार भेटिएपछि सो क्षेत्र स्तब्ध भएको छ। शव भेटिएको खबर फैलिएपछि राजविराज नगरपालिका वडा नम्बर १५ को देउरी भरुवा टोल र आसपासका गाउँहरूबाट ठूलो संख्यामा मानिसहरू घटनास्थलमा भेला भएका थिए। प्रहरीका अनुसार तीन […]

मधेश प्रदेश सरकारले माघ ५ गते सातौँ बलिदानी दिवस मनाउने

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम मधेश प्रदेश सरकारले यो वर्ष पनि माघ ५ गते सातौँ बलिदानी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त शहीद परिवार, अंगभंग भएका तथा घाइतेहरुलाई आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने छ। अर्थमन्त्री सुनिल कुमार यादवले शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने […]

धनुषामा २० वर्षीय युवती बेपत्ता : प्रहरीको सहयोगको अपिल

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम जनकपुर उपमहानगरपालिका-३ निवासी अशोक कुमार मोहनकारकी २० वर्षीय छोरी खुशवु कुमारी मोहनकार बेपत्ता भएकी छिन्। मिति २०८१ माघ २ गते बिहानको समयमा कोही कसैलाई केही नभनी घरबाट निस्किएकी खुशवु हालसम्म घर फर्केकी छैनन् र सम्पर्कविहीन अवस्थामा रहेकी छन्। युवतीको खोजीका लागि आफन्तहरूले प्रयास गर्दा पनि फेला नपरेपछि उनका बुबा […]

रौतहट: लमाहा खोलामा निर्माणाधीन पुल पाँचपटक म्याद थप्दा पनि अधुरै

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम रौतहटको गुजरा नगरपालिका–१ कोठियारमा लमाहा खोलामा निर्माणाधीन प्रिस्ट्रेस आरसीसी पुल पाँचपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। चन्द्रपुर र गुजरा नगरपालिकालाई जोड्ने १२५ मिटर लामो पुलको ठेक्का श्री पप्पु/शिवशंकर जेभी गरुडा, रौतहटले २०७३ जेठ २ गते लिएको थियो। पुल निर्माणको म्याद २०७५ असोज १५ सम्म राखिएको भए पनि […]

आत्महत्या गर्ने दर बढ्दो, चार महिनामै २,२३३ जनाको जीवन समाप्त

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम नेपालमा आत्महत्याको दर चिन्ताजनक रूपमा बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/०७९ देखि गत कात्तिकसम्म २३ हजार २ सय ७५ जनाले आत्महत्या गरेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेमा पुरुषको संख्या बढी भए पनि बालबालिकामा भने बालिकाको संख्या अग्रस्थानमा रहेको छ। पुरुषको तुलनामा महिलाको संख्या कम, बालिकाको संख्या बालकभन्दा बढीतथ्यांकअनुसार, […]

एलजीबीटीआईक्यू समुदायकी अभियन्ता लामामाथि दुर्व्यवहार, प्रहरीको भूमिका विवादित

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि सक्रिय संस्था मायाको संसारकी अध्यक्ष सुनिता लामा प्रहरी र स्थानीय युवाहरूबाट दुर्व्यवहारमा परेको बताएकी छिन्। उनका अनुसार, पुष २५ गते राति नारायणी पुल नजिक दुई युवाले अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरे। लामा भौतिक आक्रमणबाट घाइते भई उपचाररत छिन्। घटनाबारे उनले भनिन्, “राति […]

सरकारले लगानी र सेवा सुधारमा अध्यादेशमार्फत कानूनी व्यवस्था ल्यायो

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम सरकारले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन, र सेवा प्रवाह सुधारका लागि नयाँ अध्यादेश जारी गरेको छ। यो अध्यादेशले विभिन्न क्षेत्रको कानूनी परिमार्जनमार्फत सुधार गर्ने योजना ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानूनी व्यवस्था, निर्णय प्रक्रिया सरलीकरण, र स्थानीय तहमा नेतृत्व रिक्त भएमा अस्थायी व्यवस्थाको […]

मकर संक्रान्ति: धार्मिक र वैज्ञानिक महत्व

समाजिक फिड, माघ १, २०८१, जनकपुरधाम l पुराणहरूमा मकर संक्रान्तिलाई देवताहरूको विशेष दिन मानिएको छ। विश्वास गरिन्छ कि यस दिन गरिएको दानले सय गुणा बढी फल दिन्छ। मकर संक्रान्तिबाट मलमास समाप्त हुने भएकाले विवाह, मुंडन, जनेऊजस्ता सबै प्रकारका शुभकार्यहरू यस दिनदेखि प्रारम्भ गर्न सकिन्छ। धार्मिक मान्यता अनुसार, मकर संक्रान्तिका दिन स्वर्गका द्वार खुल्छन्। यस दिन […]