इरानी राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु
सामाजिक फीडजनकपुरधाम, जेष्ठ ७ गते । हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ। आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार […]
सुनको मूल्यमा नयाँ रेकर्ड

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ७ गते । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन १ लाख ४० हजार रुपैयाँ र १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो […]
आजको मौसम: कतै हल्का देखि मध्यम त कतै भारी वर्षाको सम्भावना

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ७ गते । हाल मधेश प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। मधेश,कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी […]
भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

समाजिक फीड,जनकपुरधाम , जेठ ७ गते । भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ । पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ […]
नयाँ दल बनाएका सात सांसद्लाई कारबाही गरेको सभामुखलाई उपेन्द्रद्वारा जानकारी

काठमाडौँ, ६ जेठ । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारबाही गरेको जानकारी सभामुखलाई दिएको छ । जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवलकिशोर साह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशिला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन् । […]
इरानी राष्ट्रपति सवार हेलिकप्टर सम्पर्कविहीन

सामाजिक फीड, इरान । इरानी राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर सम्पर्क विहीन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । इरानी तसिन्म समाचारले राईसी चढेको हेलिकप्टरको वास्तविक अवस्था के छ भन्ने स्पष्ट नभएको जनाएको छ । राष्ट्रपति चढेको हेलिकप्टरसहित तीन हेलिकप्टर त्यसतर्फ गएका थिए […]
साढे ४५ अंकले बढ्यो नेप्से

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते । साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो । साढे ४५ अंकले बढ्यो नेप्से, पछिल्ला केही दिनयता उच्च दरले बढ्न नसकिरहेको नेप्से आईतबार करिब साढे ४५ अंकले बढेको हो । यद्यपी […]
धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते धनुषाबाट चार जना किशोर किशोरीहरूको उद्धार गरिएको छ । सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो । नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश […]
प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली ७ जेठमा प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । पूर्व स्वास्थ्यमन्त्री एवं जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आज आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् । […]
सर्लाहीका पर्यटकीय क्षेत्र ओझेलमा

सामाजिक फीड, सर्लाही, ६ जेठ । सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण कम हुँदै गएको स्थानीयको आरोप छ । जिल्लामा विविध महत्त्व बोकेका पर्यटकीय स्थलहरू भएपनि अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन । पर्यटकीय स्थलको विकास तथा […]