काठमाडौँ, ६ जेठ । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारबाही गरेको जानकारी सभामुखलाई दिएको छ ।
जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवलकिशोर साह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशिला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन् ।
हाल सर्वोच्च अदालतले नयाँ दल जसपालाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको उल्लेख गर्दै यादवले कानुनमा नभएको व्यवस्था राखी निर्वाचन आयोगले दल दर्ता गरिदिएको उल्लेख गरेका छन् ।
साथै पत्रमा सात सांसदको सदस्यता रिक्त भएको र सर्वोच्च आदेश अनुसार पनि उनीहरूलाई प्रधानमन्त्रीले लिने विश्वासको मतसहित प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा सामेल नगराउन ध्यानाकर्षण समेत गराएका छन् ।