सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ७ गते ।
हाल मधेश प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ।
मधेश,कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागहरुका एक दुई स्थानमा मेघगर्जनरचट्याङर हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश र वाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ ।