Samajik Feed – News Portal from Nepal

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

समाजिक फीड,जनकपुरधाम , जेठ ७ गते । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए । पिकअप अनियन्त्रित भई […]

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

समाजिक फीड,जनकपुरधाम , जेठ ७ गते । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् । बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत […]

इरानमा पाँच दिनको राष्ट्रिय शोक

समाजिक फीडजनकपुरधाम, जेष्ठ ७ गते । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो । राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च […]

सरकार सहकारी ठगलाई जोगाउन तत्पर देखिन्छ : काँग्रेस

समाजिक फीड,जनकपुरधाम , जेठ ७ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारीका ठगहरुलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निश्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले […]

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

सामाजिक फीड, काठमाडौँ, ७ जेठ । नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले भनेको छ- ‘हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा. हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका […]

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

सामाजिक फीड, काठमाडौँ, ७ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिने भनेर ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्‍वर साह, सप्तरी अगाईनसाइर कृष्ण शवरण गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र […]

इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

इरान । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएसँगै नयाँ राष्ट्रपतिका लागि ५० दिनभित्र चुनाव हुने भएको छ । यद्यपि इरानी संविधानअनुसार तत्कालका लागि उपराष्ट्रपति नै राष्ट्रपति बन्ने व्यवस्था रहेको छ । हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन भएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इरानको प्रशासनिक कार्यमा कुनै असर नपर्ने बताएका छन् । इरानको संविधानमा राष्ट्रपतिको […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ। प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध […]

प्रधानमन्त्री दाहालले पाउनुभयो विश्वासको मत

सामाजिक फीडजनकपुर, ७ जेठ २०८१, सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले काँग्रेससहितको विपक्ष दलहरुबो अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्तावको पक्षमा मतदान गर्नुभएको हो । प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत […]

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

सामाजिक फीड जनकपुर, ७ जेठ २०८१, सोमवार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । सोमवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठक पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो । उहाँले विश्वासको मत लिने […]