सामाजिक फीड
जनकपुर, ७ जेठ २०८१, सोमवार
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले काँग्रेससहितको विपक्ष दलहरुबो अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्तावको पक्षमा मतदान गर्नुभएको हो । प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । यता विपक्षहरुले मत नहालेकालेले सो प्रश्तावको विपक्षमा जिरो मत परेको थियो ।
प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलवार बिहान ११ बजे बोलाइएको छ ।