समाजिक फीड,
जनकपुरधाम , जेठ ७ गते ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारीका ठगहरुलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।
नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निश्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले सदनमा काँग्रेसले बोल्न माग गर्दा पनि सत्तापक्षको दम्भको कारणले बोल्न नदिएको आरोप लगाएका हुन् ।