Samajik Feed – News Portal from Nepal

७ फाल्गुन, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुदैंछ साहित्य महोत्सवको भव्य तयारी। पहिलो, दोस्रो, तेस्रो जनकपुर साहित्य महोत्सवको सफल आयोजना- पश्चात नव मिथिला फाउनदेसनले चौथो जनकपुर साहित्य महोत्सवको आयोजना गर्न गईरहेको छ। फाल्गुन ११, १२, र १३ गते तीन दिनको हुने महोत्सव जनकपुरधामको जानकी मन्दिरको प्रांगणमा हुन् गईरहेको छ।

महोत्सवको उद्घाटन समारोहको प्रमुख अतिथिको रुपमा डा. रामवरण यादवज्यू उपस्तिथी रहनेछ भने विशेष अतिथिमा मधेश प्रदेशको मुख्यमन्त्रीमा माननीय सरोजकुमार यादवज्यू को उपस्तिथी रहनेछ।

त्यसैगरी, प्रबुद्ध मन्तव्य मा. शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा. विजयकुमार सिंह (दनुवार) ज्यूले दिनुहुनेछ। उद्घाटन समारोहकै दिन अमित झा साहित्य संगीत पुरस्कार वित्तरण हुनेछ। लगत्तै, अन्तरविद्यालय वक्तृत्व प्रतियोगिताको निर्णायक प्रतसस्पर्धा र संगीत सन्ध्यामा (कुटुम्ब र मिनाप) को सांगीतिक प्रस्तुती हुनेछ । महोत्सवमा ‘समावेशिताः परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवा:संस्कार र परिष्कार’, ‘शहिद दिलिप महतोके मोन पाडैत’, ‘संजालको बवाल’, ‘राजनीति: अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाई’, ‘हामीले गुमाउको खेलकुद’ र विभिन्न विद्याई समेट्दै २० भन्दा बढि सत्रहरू रहेको छ। सत्रहरूमा वक्ता र सहजकर्ताको रुपमा स्थानीयदेखि राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय कलाकारको प्रस्तुती पनि महोत्सवमा समेटिएको छ भने भारतका मैथिलि ठाकुरले पनि साङ्गितिक प्रस्तुती दिनेछिन्। साहित्य महोत्सवमा विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकारलगायतको सहभागिता रहनेछ नै, नेपालभरका साहित्यप्रेमीहरुको पनि उपस्थिति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!