Samajik Feed – News Portal from Nepal

बोलबमका लागि जल लिन जाँदा बेपत्ता भएका भारतीय नागरिकको तीन दिन पछि शब फेला

११ साउन, जनकपुरधाम – पवित्रसाउनमहिनामा भगवान शिवलाई चढाउन जल लिनआएका दुईजना भारतीययुवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ। डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि आज फेला परेको छ। भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका  २४ वर्षीय नितिश कुमार राउत (उर्फ संजिव कुमार) सहित ९ गते बेलुका […]

थाइल्याण्ड–कम्बोडियाबीचको १०० वर्ष पुरानो शिव मन्दिर विवादमा अहिलेसम्म ६२ को मृत्यु

जनकपुरधाम, १० साउन । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ ।  थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए । कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भने […]

अवतार ३ को पोस्टर सार्वजनिक, यसै वर्षको क्रिसमसमा हलमा आउँदै

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते। हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को विश्वभर क्रेज छ । यो फिल्म विश्वको सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक हो । सन् २००९ मा फिल्मको पहिलो भाग रिलिज हुँदा फ्यानबाट निकै माया पाएको थियो । यस विज्ञानमा आधारित फिल्मको सफलता देखेर निर्माताहरूले यसको दोस्रो भाग ‘अवतारः द वे अफ वाटर’ […]

ट्रम्पले सार्बजनिक गरे ‘ओबामा गिरफ्तारी’को भिडियो

सामाजिक फीड-जनकपुरधाम, साउन ५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक हमला गरेका छन् । उनले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा एक भिडियो पोस्ट गरे, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको छ।तर, यो भिडियो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा तयार गरिएको हो । भिडियोको सुरुवात ओबामाले भनेका छन्, ‘राष्ट्रपति कानुनभन्दा […]

पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु

जनकपुरधाम, ५ साउन –  पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ । जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ। जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा […]

दक्षिण कोरियामा बाढी र पहिरोले १४ को ज्यान गयो, १२ बेपत्ता

सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते । दक्षिण कोरियामा भारी वर्षाको कारण मृत्युको संख्या १४ पुगेको छ । आपतकालिन निकायकाअधिकारीहरूले भनेका छन कि अधिक मृत्युको डर बढ्दै जाँदा, प्रकोप सुरु भएदेखि थप १२ जना अझै बेपत्ता रहेका छन् । स्थानिय मिडियाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै गपेयोङको रिसोर्ट सहरमा आइतबार पहिरोले घरहरू र बाढीले बगाउँदा चारजना बेपत्ता […]

रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

जनकपुरधाम, २९ असार । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको विशाल भण्डार फेला पारेको दाबी गरेका छन्। उनीहरूको अनुसार वेडेल सागरको मुनि करिब ५११ अर्ब ब्यारेल तेल लुकेको अनुमान गरिएको छ, जुन हालसम्म विश्वमा पत्ता लागेका सबैभन्दा ठूलो तेल भण्डारहरूमध्ये एक हो। यस खोजले अन्टार्कटिका सन्धि, वैश्विक ऊर्जा सुरक्षासम्बन्धी नीति, र भू–राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा […]

ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

जनकपुरधाम २६ असार – ट्वान्टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका हुन् । सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो, जसअनुसार समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, […]

भारत र पाकिस्तानबीच युद्धविराम

एजेन्सी-जनकपुरधाम, बैशाख २७ गते । भारत र पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले यो सहमति तत्काल लागू हुने गरी गरिएको बताएका छन् । भारतका विदेश सचिव विक्रम मिस्री र पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इसाक डारले युद्धविरामको औपचारिक जानकारी दिएका हुन्। मिस्रीका अनुसार, पाकिस्तानका सैन्य अपरेशन्स निर्देशक (डीएमजीओ) ले भारतीय समकक्षीसँग […]

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, ३० जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, बैशाख २४ गते । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र […]