Samajik Feed – News Portal from Nepal

इरानी राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ७ गते । हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ। आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार […]

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

समाजिक फीड,जनकपुरधाम , जेठ ७ गते । भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ । पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ […]

गाजामा तीन इजरायली बन्धकहरूको शव फेला

सामाजिक फीडजनकपुरधाम , जेष्ठ ६ गते । गएको ७ महिनादेखि जारी हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरुको शव फेला परेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाईको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो। तीनै जनाको पहिचान समेत खुलेको छ। आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र […]

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

समाजिक फीड,जनकपुरधाम , जेठ ६ गते । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ । फाँसीमा झुण्डिएकामध्ये एक महिला र पाँच पुरुष लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका छन् । यसै क्रममा मृत्युदण्डको सजाय पाएकी अर्की महिला पनि श्रीमानको […]

आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ३ गते । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुने छ । जारी आइपीएलमा सनराइजर्सको १२ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ […]

सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक

सामाजिक फीड जनकपुर, ३ जेठ २०८१, बिहिवार काठमाडौँ । सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेटको यो ट्रेलरमा फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक देख्न सकिन्छ । शोको यो नयाँ सिजनमा जम्मा ८ एपिसोड हुनेछन् । दीपक कुमार मिश्राले निर्देशन गरेको यो शृङ्खला […]

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- ‘नसिरुद्दीन शाह’

समाजिक फीड,जनकपुरधाम , जेठ २ गते । बलिउड अभिनेता नसिरुद्दीन शाह भारतीय सिनेमामा एक महान अभिनेता हुन् । विगत चार दशकमा उनले चलचित्र, थिएटर र टेलिभिजनमा आफ्नो प्रतिष्ठित प्रदर्शनको साथ छाप छोडेका छन् । नसिरुद्दीन शाह आफ्नो उत्कृष्ट अभिनयका साथै आफ्नो बोल्ने शैलीका लागि परिचित छन् । उनको भनाइलाई लिएर पटकपटक विवाद हुने गरेको छ […]

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

सामाजिक फीड २ जेठ २०८१, बुधवार काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । प्रधानमन्त्री मोदीले मे १४ मा आफ्नो संसदीय सीट वाराणसीबाट चुनावी उम्मेदवारी दर्ता गराउदा पेश गरेको सम्पत्ति विवरणमा उनको अचल सम्पति नभएको उल्लेख छ […]

युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु

समाजिक फीड,जनकपुरधाम , जेठ २ गते । युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु भएको जनाएको छ ।  युरोप र मध्य एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालयले युक्रेन युद्धमा अहिलेसम्म १९९३ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो । युनिसेफका अनुसार युक्रेन युद्धमा हरेक दिन औसत दुई बालबालिका हिंसाको सिकार भएका […]

जितसँगै म्यानचेस्टर सिटी शिर्ष स्थानमा, लिगको विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने

सामाजिक फीडजनकपुर – २ जेठ २०८१, बुधवार काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि जित नजिक पुगेको छ । म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिंग हालाण्डले गरेका थिए । अब लिगको अन्तिम खेलमा जित हासिल […]