Samajik Feed – News Portal from Nepal

सन्दीपको आक्रोश- ‘गौशाला २६’ सँग कुनै सम्बन्ध प्रमाणित भए फाँसीमा दिइयोस्

सामाजिक फीड, काठमाडौँ, २६ वैशाख । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको […]

बझाङमा चट्याङ लागेर चार जना घाइते

बझाङ, २५ वैशाख । बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन्। खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन्।  एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ। आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो। चट्याङ लागेर फिट्टु खड्काकाे  परिवार बेलु देवि खड्का उनका ८ […]

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकमा बैशाख २८ […]

जसपा नेपालका जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

सामाजिक फीड, काठमाडौँ, २५ वैशाख । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ । आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको […]

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

सामाजिक फीड, काठमाडौँ, २५ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उहाँ नेतृत्वको जसपा आइतबार फुटेको थियो । भ्रमण […]

अशोक राई नेतृत्वको नयाँ दल ‘जसपा’ निर्वाचन आयोगमा दर्ता

सामाजिक फीड, काठमाडौँ, २४ वैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टीलाई दर्ता गरेको हो । आयोगले दल दर्ता सम्बन्धी […]

जसपा नेपाल भन्यो– ‘बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन’

सामाजिक फीड, काठमाडौँ । जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अहिले दल विभाजनको अवस्था नरहेको बताएका छन् । उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल बिभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अवस्थामा दल […]

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीनबुँदे निर्देशन

सामाजिक फीड, काठमाडौँ, २४ वैशाख । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसमा केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीनबुँदे निर्देशन जारी गरेको हो । निर्देशनअनुसार शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरू जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण […]

मधेशलाई मरुभूमीकरणबाट जोगाउन वृक्षरोपण गरौँ: पूर्वप्रदेश प्रमुख डा. अहिराज

सामाजिक फीड, काठमाडौँ, २३ वैशाख । मधेशमा दिनप्रति जलका स्रोतहरू सुक्न थालेपछि खानेपानीको समेत हाहाकार हुन थालेपछि उर्बर भूमि मरुभूमीकरणमा परिणत हुन थालेको भन्दै मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले चिन्ता व्यक्त गरेका छन् । मधेशमा जलसंकट दिनप्रति बढ्दै गएको भन्दै पूर्वप्रदेश प्रमुख डा. अहिराजले यो संकटबाट बच्नका लागि वृक्षरोपण, चुरे संरक्षण र पानीका […]

जसपा फुट्यो, अशोक राईकाे नेतृत्वमा पार्टी विभाजन

सामाजिक फीड, काठमाडौँ, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेको बताइएको छ। जसमा […]