स्थापनाको दुई बर्षमै सिंहदरबार पस्यौं- रवि लामिछाने

समजिक फीड जनकपुरधाम, असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् । रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् । उनले भनेका छन्- […]
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो- प्रधानमन्त्री

समजिक फीड जनकपुरधाम, असार ७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यास […]
दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण

समजिक फीड जनकपुरधाम, असार ६ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् । उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको […]
सर्लाहीमा दुर्घटना, तीन जनाको मृत्यु

समजिक फीड जनकपुरधाम, असार ६ सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्री बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्रुयु हुनेमा पन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय […]
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

समजिक फीड जनकपुरधाम, असार ५ संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो । यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर […]
सहकारीसम्बन्धि संसदीय छानबिन समिति कानुनी परामर्शमा

समजिक फीड जनकपुरधाम, असार ५ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ । बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर […]
जिल्ला प्रहरी कार्यालय सिरहा: महिला प्रहरीको मृत्यु घटनामा एक जनालाई पक्राउ

समजिक फीडजनकपुरधाम, असार ५ जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २५ वर्षीया प्रहरी जवान करिश्मा सुनारको मृत्यु घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ ३१ गते करिश्मा सुनार जिल्ला प्रहरी कार्यालय सिरहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। करिश्मा सुनार, जो बाकें खजुरा गाउँपालिका […]
बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

समजिक फीड जनकपुरधाम, असार ४ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन् । ‘मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु […]
८२५ शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको शिक्षामन्त्रीको दाबी

समजिक फीडजनकपुरधाम, असार ४ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबि गरेकी छन् । मंगलवार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उनले अहिलेसम्म ८२५ शिक्षकहरुले दलीय आवद्धता त्यागेको दाबि गरेकी हुन् । उनले शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरकी […]
निर्जला एकादशी व्रत: श्रद्धा र संकल्पको पर्व

समजिक फीडजनकपुरधाम, असार ४ आज सम्पूर्ण नेपालभर निर्जला एकादशी व्रतको पर्व धूमधामका साथ मनाइँदैछ। यो व्रत हिन्दू धर्ममा एक महत्वपूर्ण स्थान राख्छ, जसलाई भक्तजनहरू अत्यन्त श्रद्धा र निष्ठाका साथ पालन गर्छन्। निर्जला एकादशी, जसको नामबाट नै स्पष्ट हुन्छ, यो व्रत बिना पानी ग्रहण नगरी गरिन्छ। यो व्रत ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीमा मनाइन्छ र यसलाई […]