कास्कीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, आसार २८ कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक एकै परिवारका रहेको प्रहरीले जनाएको छ । पहिरोमा मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, […]
पहिरोमा बेपता गणपती डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक

सामाजिक फीड जनकपुरधाम, आसार २८ काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ। काठमाडौं बाट गौर आईरहेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका १ […]
बालेनसँग श्रीलंकाका राजदुत पाथिरानाको शिष्टाचार भेट

समजिक फीड जनकपुरधाम, असार २७ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य कक्षमा आएका थिए । भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्बो बिच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र […]
आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या

समजिक फीड जनकपुरधाम, असार २७ रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ। जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको […]
नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाउने दुई जना पक्राउ

समजिक फीड जनकपुरधाम, असार २६ नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड […]
म नेपाली नागरिक नै हुँ, कुनै देशको पिआर लिएकी छैन- शिक्षामन्त्री श्रेष्ठ

समजिक फीड जनकपुरधाम, असार २६ शिक्षामन्त्री सुमना श्रेष्ठले आफु नेपाली नागरिक नै रहेको बताएकी छन् । मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिदै आफुले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन् । उनले आफुले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन् । उनले आरोप आफैमा अस्पष्ट रहेको […]
रातु नदीको बहाव बढ्यो

समजिक फीड जनकपुरधाम, असार २५ महोत्तरीको रातु नदीको बहाव बढेको छ । गएरातीबाट परेको अविरल बर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो । जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ । स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ । गतिमान […]
मुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

समजिक फीड जनकपुरधाम, असार २५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल […]
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

समजिक फीड जनकपुरधाम, असार २४ राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको […]
जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत

समजिक फीड जनकपुरधाम, असार २४ जसपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड […]