Samajik Feed – News Portal from Nepal

उदाउँदो सूर्यको अर्घ्य दिँदै सकियो छठ

जनकपुरधाम , मंसिर ४ गते । आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ विधिवत सम्पन्न भएको हो । चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने […]

आज लोक आस्थाको महापर्व छठ मनाइँदै, साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३ गते । आज जनकपुरधामसहित देशैभर हर्सोल्लासपूर्वक छठपर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।अस्ताउँदो सूर्यलाई अर्घदिन जनकपुरधामको पोखरी तलाउमा बनाइएको छठ घाटमा बिहनैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामिण भेगहरुमा आज दिउँसो र […]

छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । भगवान सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै छ । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियमनिष्ठापूवर्क मनाइने छठको दोश्रो दिन आज साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ […]

छठ पर्व सुरु, आज ‘नहाय–खाय’

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । भगवान सूर्यको उपासना गरि मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष […]

तिहारको मुख्यदिन आज भाइटिका, मिथिलाञ्चलमा भरदुतिया मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २९ गते । तिहारको मुख्य दिन आज भाइटीका र भरदुतिया पर्व मनाइँदै छ । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँन्छ ।दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका […]

आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

सामाजिक फीड-जनकपुरधाम,कार्तिक २८ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । वर्षभर कृषि कर्ममा जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजा […]

आज गाई पूजा गरिँदै

रासस- जनकपुरधाम, कार्तिक २७ गते । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र […]

आज दिपावली धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २६ गते । यमपञ्चक एवं तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली […]

जाजरकोटका भूकम्प प्रभावितको घाउमा जनकपुरका मेडिकल टिमको मलमपट्टी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । जनकपुरका डाक्टरसहितको टोलि औषधिसहित पुगेर जाजरकोटका भूकम्प प्रभावितहरुको उपचार गरेका छन् । नाक कान तथा घाटी रोग विशेषज्ञ डा. सुनिल सिंह नेतृत्वको मेडिकल टिमले जाजरकोटको नलगढ नगरपालिकाको विभिन्न वडामा भूकम्प प्रभावित बिरामीहरुलाई स्वास्थ्य सेवा दिएका हुन् । नालगढा प्राथमिक उपचार केन्द्र मै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्दै औषधि सामग्री […]

नेपाली कांग्रेसद्वारा भूकम्पपीडितलाई ५० लाख सहयोग

काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसले भूकम्पपीडितलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ। नेपाली कांग्रेसले भूकम्पपीडितलाई राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० जम्मा गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यस अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको राहत, पुनर्निर्माण, […]