आज पनि बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार

सामाजिक फीडजनकपुरधाम, माघ १९ गते । नेपाली बजारमा सुनको मूल्य आज लगातार पाचौँ दिन बढेको छ । गत सता देखी बढिरहेको सुनको मुल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ३ सय रुपैयाँले […]
नारायणगढ–मुग्लिन सडकखण्डमा तीन हप्तासम्म दिउँसो ४ घण्टा सडक बन्द रहने

समाजिक फीड चितवन, माघ १९ गते । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि थप तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरी सडक बन्द गरेर काम गर्न लागिएको हो । पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक […]
बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा

काठमाडाैँ, १८ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अमेरिकी राजदूत डीन आर थम्प्सनले आफ्नो देशको भ्रमणको निम्तो दिएका छन् । बिहीबार बालेनको कार्यकक्षमा भएको भेटका क्रममा राजदूत थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निम्तो दिएका हुन् । भेटका क्रममा मेयर साहले आपसी कार्यक्रमका रूपमा सूचना प्रविधिको तालिम चलाउन सकिने धारणा राखेका थिए । यससँगै उनीहरू विश्वबजारका […]
युरोप पठाइदिने भन्दै ६ सय बढी जनालाई ठगी, एक जना पक्राउ

काठमाडौँ, १८ माघ । युरोप पठाइदिने भन्दै ६ सयभन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको हो । युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोएशिया, क्यानडालगायत देश […]
सरकारी जग्गा कब्जा गरेको प्रकरणमा विनोद चौधरीका भाई पक्राउ

समाजिक फीड काठमाडौं, माघ १८ गते । सरकारी जग्गा हड्पेको प्रकरणमा व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट उनलाई बिहीवार पक्राउ गरेको हो। पक्राउ परेका सांसद चौधरी नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीका भाई हुन् । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा […]
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

झापा, १८ माघ । झापाको दमकमा कुटपिट गरी श्रीमतीलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राई प्रहरीले पक्राउ गरेको हो । इलामको माङसेवुङका स्थायीवासी हाल दमक–७ श्रीपाली टोलमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । गएराति […]
राष्ट्रिय योजना आयोगको सदस्यमा डा. उमाशंकर प्रसाद नियुक्त

काठमाडाैँ, १८ माघ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा. उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् डा. उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो । तर, सरकारले […]
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ, १७ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्याँसमा १५ रुपैयाँ वृद्धि गरिएको हो । निगमले बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र एलपी ग्याँसको मूल्य वृद्धि गरेको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ […]
चार हजार घुस लिने अमिनविरुद्ध मुद्दा दायर

काठमाडौँ, १७ माघ । चार हजार घुस लिएको आरोपमा एक अमिनविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग घुस लिएको ढकालमाथि आरोप छ । गत पुष ११ गते अख्तियार बुटवलको […]
दुर्घटनामा पूर्वमन्त्री बलराम पौडेलको निधन

चितवन, माघ १७ । बागमती प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । बुधबार चितवनको गैँडाकोट–५ कालीगण्डकी चोकमा भएको दुर्घटनामा उहाँको निधन भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग.१ ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कर दिएको […]