Samajik Feed – News Portal from Nepal

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक, २१७ जना सिफारिस

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका […]

धम्की दिएर चन्दा असुली गरेको आरोपमा २ जना पक्राउ

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते । धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय […]

सुनको मूल्य घटयो,कतिमा हुँदैछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन […]

कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्नुपर्ने बिन्दुमा छौँ :प्रचण्ड

सामाजिक फीडजनकपुरधाम , माघ २९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनका क्रममा कोसी प्रदेशमा नेपाली कांग्रेसले धोका दिएको बताएका छन्। माओवादीको पाँचौँ केन्द्रीय समिति बैठकलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट धोका पाएको बताएका हुन्। प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कोसीमा कांग्रेसबाट गम्भीर […]

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सामाजिक फीड, रौतहट, २९ माघ । बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट कोल्हबी नगरपालिका–९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५० वर्षका पारस खा थारुको मृत्यु भएको हो । आइतबार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बीचमा पर्ने जङ्गलमा हातीले […]

गृह मन्त्रालयले भन्यो– ‘फागुन १ मा सार्वजनिक बिदा छैन’

काठमाडौँ, २९ माघ । सरकारले फागुन १ गते भाेलि सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रष्ट पारेको हो । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई […]

चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशलाई मुगु पठाइयो

सामाजिक फीड, काठमाडौँ, माघ २९ । व्यवसायी अरूणकुमार चौधरीसहित तीन जनालाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु पठाइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई मुगु जिल्ला अदालतमा काजमा पठाउने निर्णय गरेका हुन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश आचार्यले माघ २२ गते दुई दिनभित्र अनुसन्धान सक्न वा अनुसन्धानको कार्यमा सहयोग गर्नका लागि कागज […]

काठमाडौंमा पत्रकार महतोलाई ‘भैया’ भन्दै दुव्र्यबहार गर्नेविरुद्ध अदालतमा ‘जातीय भेदभाव’ मुद्दा

सामाजिक फीड-जकपुरधाम, माघ २८ गते । काठमाडौंमा अनुहारको आधारमा ‘भैया’ भन्दै दुव्र्यबहार गर्ने बस चालक र सहचाकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा आइतबार चालक र सहचालक उपर जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कसुर मुद्दा दायर गरेको हो । बसका सहचालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० स्थायी […]

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सामाजिक फीड, विराटनगर, २८ माघ । विराटनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को. ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु […]

जिउँदै मान्छे जलाएको आरोप लागेका अफताबमाथिको मुद्दाको अन्तिम सुनुवाइ सुरू

सामाजिक फीड, काठमाडौँ, २८ माघ । जिउँदै मान्छे जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलममाथि मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो । विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरसम्बन्धी याो मुद्दा चार वर्षदेखि […]