Samajik Feed – News Portal from Nepal

जप्रपा र तमलोपाबीच कार्यगत एकताको घोषणा

काठमाडौँ, ९ फागुन । ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबीच कार्यगत एकता भएको छ । बुधबार त्रिपाठी र लालले पाँचबुँदे सहकार्यपत्रमा हस्ताक्षर गरी कार्यगत एकताको घोषणा गरेका हुन् । नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेशका साथै सम्पूर्ण देशमा सुशासन र […]

काठमाडौँमा एकै परिवारका तीन जनाको हत्या, एक जनाको शव जंगलमा भेटियो

सामाजिक फीड, काठमाडौँ, ९ फागुन । काठमाडौँमा चार जना मृत अवस्थामा फेला परेका छन् । बुधबार सितापाइलास्थित एक कोठामा एक महिला र दुई बालिका तथा नजिकैको जंगलमा एक जना मृत फेला फरेका हुन् । तीन जनाकै शव एक घरको कोठाभित्र फेला परेको छ । उनीहरूको हत्याको गरिएको छ । मृतक महिलाका श्रीमान् भने नागार्जुन जंगलमा […]

बारामा ट्रक र जिप ठोक्किँदा दुई जनाको मृत्यु, चार जना घाइते

सामाजिक फीड, बारा, ९ फागुन । बाराको जितपुरसिमरामा ट्रक र जिप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार जितपुरसिमरा उपमहानगरपालिकास्थित आधाभार जंगलमा भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । दुर्घटनामा जिप चालक नुवाकोट विदुर नगरपालिका–९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार मोतिहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुरका २८ वर्षका चन्दन चौहानको […]

वीरगञ्जमा जारी कर्फ्यु खुकुलो पारिँदै

सामाजिक फीड, वीरगञ्ज, ९ फागुन । पर्साको वीरगञ्जमा जारी कर्फ्यु खुकुलो बनाउँदै लगिएको छ । सर्वसाधारणको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो । यसअघि बिहान ६ देखि १० बजेसम्म कर्फ्यु हटाइएको थियो । अवस्थाको आकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै […]

चीनबाट ल्याइएको १ सय ११ कन्टेनर मल १० महिनादेखि गोदममै थन्कियो, समस्यामा किसान

समाजिक फीडजनकपुरधाम, फागुन ८ गते । चीनबाट ल्याइएको एक सय ११ कन्टेनर रासायनिक मल गोदाममै थन्किएपछि किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनीले मल लिन नमान्दा १० महिनादेखि रसायनिक मल गोदाममै थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको […]

राष्ट्रिय वाणिज्य बैंकबाट एक करोडभन्दा बढी रकम चोरी, एक कर्मचारी पक्राउ

सामाजिक फीड, काठमाडौँ, ८ फागुन । ग्राहकको रकम चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारी पक्राउ परेका छन् । सीआईबीले यो शाखाका कनिष्ट सहायक रोहितकुमार ओझालाई पक्राउ गरेको हो । नक्कली ‘कनेक्ट आईपीएस’ बनाएर १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको उनीमाथि आरोप छ । प्रारम्भिक […]

आगो ताप्ने क्रममा जलेर एक वृद्धाकाे मृत्यु

सामाजिक फीड, महोत्तरी, ८ फागुन । महोत्तरीको सम्सीमा आगो ताप्ने क्रममा जलेर एक जनाकाे मृत्यु भएकाे छ । सम्सी गाउँपालिका–१ बसवरिया टोलमा आगो ताप्ने क्रममा ७० वर्षीया पूजा यादवको मृत्यु भएको हाे । कपडामा आगो सल्किँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । samajik_feedsamajikfeed.com

भारतमा नेपालीले अब सजिलै सिमकार्ड पाउने

सामाजिक फीडजनकपुरधाम , फागुन ८ गते । भारतमा नेपालीले अब सहजै रुपमा सिमकार्ड पाउने भएका छन्। भारत सरकारले नेपाली र भुटानीलाई सहज रुपमा सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको हो। अब नेपाली र भुटानीले मतदाता परिचयपत्र देखाएर पनि मोबाइलको सिमकार्ड पाउने मिलाइएको भारत सरकारले जनाएको छ। अन्य देशबाट भारत जाने नेपाली र भुटानीले भने सिमकार्ड लिन […]

प्रधानमन्त्री दाहाल र आरती साहको परिवारबीच भेट

सामाजिक फीड, काठमाडौँ, ८ फागुन । प्रधानममन्त्री पुष्पकमल दाहालले आरतीलाई न्याय दिलाउन पहल गर्ने आश्वासन दिएका छन् । मंगलबार बालुवाटार पुगेकाे आरतीको परिवारसँगकाे भेटमा प्रधानमन्त्री दाहालले यस्ताे आश्वासन दिएका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै आरतीका भाइ प्रेमले भने, ‘प्रमाणहरू लुकाइयो, हामीमाथि पनि कुटपिट भयो भनेर हामीले भन्यौँ । उहाँले हाम्रो कुरा सुन्नुभयो । त्यहीबाट […]

सरस्वतीको मूर्ति विसर्जन गरिए पनि ईशनाथमा कर्फ्यु यथावत्

सामाजिक फीड, रौतहट, ८ फागुन । रौतहटको ईशनाथमा सहमति जुटेपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यु यथावत् रहेको छ । ईशनाथ नगरपालिका–७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपराह्न कर्फ्यु अवधिभित्रै सहमतिअनुसार विसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको […]