नापीका सर्वेक्षकसहित पाँच जनाविरुद्ध मुद्दा दायर

सामाजिक फीड, काठमाडौँ, ११ फागुन । नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक यादवऽ नासु पाैडैलसहित विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सर्वेक्षक बस्नेत […]
सीमामा अपराध नियन्त्रण गर्ने नेपाल र भातरका सुरक्षा अधिकारीबीच समझदारी

सामाजिक फीड-जनकपुरधाम, फागुन ११ गते । नेपाल र भारतका सुरक्षा अधिकारीले दशगजामा अपराध नियन्त्रण गर्ने समझदारी गरेको छ । भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा र अपराध न्यूनिकरणको विषयमा छलफल तथा समझदारी भएको हो । भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी भएको छलफलमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियमानुसार […]
परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी

सामाजिक फीड, काठमाडाैँ, ११ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको उजुरी परेको छ। शुक्रबार एक महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौँ बस्दै आएकी एक महिलाको २६ […]
ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, ११ फागुन । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ मिलन चोकमा ट्रकले दिएको ठक्करबाट इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बिहीबार ना. ८ ख ३२८५ नम्बरको […]
प्रतिनिधिसभा बैठक अवरुद्ध

सामाजिक फीड, काठमाडौँ, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । शुक्रबारकाे बैठकमा विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । samajik_feedsamajikfeed.com
नागरिक उड्डयन प्राधिकरणले ९८ जना कर्मचारी माग्यो, कुन पदमा कति ?

समाजिक फीड जनकपुरधाम, फागुन ११ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका कर्मचारी शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले मागेको हो । प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना […]
सुनको मूल्य स्थिर , कतिमा हुदैँछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम , फागुन ११ गते । शुक्रबार पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तर चाँदी भने […]
क्रिकेटर सन्दीप लामिछानेद्वारा पाटन उच्च अदालतमा पुनरावेदन

सामाजिक फीड, काठमाडौँ, १० फागुन । क्रिकेटर सन्दीप लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । बिहीबार उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी मुद्दा दर्ता गरिएको रजिस्ट्रार मानबहादुर कार्कीले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतले बलात्कार […]
पर्सामा पेस्तोलसहित दुई जना पक्राउ

सामाजिक फीड, पर्सा, १० फागुन । पर्साको बहुदरमाईमा १ थान कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । गएराति बहुदरमाई नगरपालिका-९ बाट कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाई पक्राउ गरिएको हो । ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूबाट पस्तोल बरामद् भएको […]
सर्लाहीमा मजदुर सवार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, ७ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ९ गते । सर्लाहीमा मजदुर सवार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह थारुका अनुसार मृत्यु हुनेमा ट्याक्टर धनीसमेत रहेका चालक बाराको गढीमाई नगरपालिका ९ का ५५ वर्षीय जयलाल सहनी र मजदुर […]