मन्त्रालय भागबन्डामा यस्तो छ अहिलेसम्मको सहमति

सामाजिक फीड, काठमाडाैँ, २३ फागुन । नयाँ सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा करिब–करिब टुंग्याएको छ । बुधबार बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने गरी सहमति जुटाएको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनलाई दिने निर्णय भएको छ । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने […]
रास्वपाले गृहसहित चार मन्त्रालय पाउने

सामाजिक फीड, काठमाडाैँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित चार मन्त्रालय पाउने भएको छ । बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो । रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ । samajik_feedsamajikfeed.com
लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त

देउखुरी, फागुन २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । बुधबार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । संघमा नयाँ सत्ता गठबन्धन बनेपछि त्यसको असर प्रदेशहरूमा पनि देखिएको छ । मुख्यमन्त्री चाैधरीले दुई वटै मन्त्रालय आफूसँग नै राखेका छन् […]
मिटरब्याज विरुद्ध आन्दोलन गरिरहेका संघर्ष समितीका अध्यक्ष सहित १३ जना पक्राउ

समाजिक फीडजनकपुरधाम, फागुन २३ गते । मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलनमा उत्रिएका किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहा सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रधानमन्त्री निवास को ३ नम्बर गेटबाट पक्राउ गरिएको हो । बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए […]
यात्रुबाहक बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु, ३७ जनाको जिवितै उद्धार

सामाजिक फीड-जनकपुरधाम, फागुन २३ गते । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । प्रहरीले ३७ जनाको प्रहरीले जिवितै उद्धार गरेको छ ।मृत्यु हुनेमा पाँचजना पुरुष र एक महिला छन् । काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस आज बिहान धादिङ गजुरीस्थित गलौदीमा आज बिहान […]
किशाेरी हत्याको आराेपमा एक जना पक्राउ

विराटनगर, २२ फागुन । मोरङको पथरीशनिश्चरेमा एक किशाेरीको हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । किशाेरीको हत्यामा संलग्न रहेकाे आशंकामा माेरङ प्रहरीले ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको हो । उनलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ […]
सरकारमा सहभागी हुने जसपाको निर्णय

सामाजिक फीड, काठमाडाैँ, २२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता गठबन्धन सरकारमा सहभागी हुने भएको छ। सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिले संघीय सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टीबाट सहभागी हुने मन्त्रीहरूको निर्णय गर्न बाँकी रहेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । यसका लागि आज […]
नवनियुक्त तीन मन्त्रीले लिए शपथ

सामाजिक फीड, काठमाडाैँ, २१ फागुन । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा भएको समाराेहमा रामचन्द्र पाैडेलले नवनियुक्त मन्त्रीहरू पदम गिरी, हितबहादुर तामाङ र डोलप्रसाद अर्याललाई शपथ खुवाएका हुन् । नेकपा एमालेबाट गिरी, नेकपा माओवादी केन्द्रबाट तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्याल मन्त्री बनेका हुन् । उनीहरूलाई हाल बिनाविभागीय […]
सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला

सामाजिक फीड, विराटनगर, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत फेला परेका छन् । सोमबार दिउँसो धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डीएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेका हुन् । गुल्मको क्वार्टरमा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज […]
दाहाल र ओलीबीच दुई–दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति

सामाजिक फीड, काठमाडाैँ, २१ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच दुई–दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको छ । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले पहिलो दुई वर्ष आफू नै प्रधानमन्त्री रहने र त्यसपछिका दुई वर्ष ओलीलाई प्रधानमन्त्री पद दिन सहमत भएका हुन् […]