मृतक आरती साहको परिवार र सरकारबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, फागुन ३० गते । मृतक आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउनेसहितको सहमति भएको हो । मंगलबार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएका थिए । […]
पूर्वप्रदेश प्रमुख धर्मनाथ यादवको निधन

सामाजिक फीड, सिरहा, २९ फागुन । लुम्बिनीका पूर्वप्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन भएको छ । नेकपा एमालेका नेतासमेत रहेका सिरहाको सुखिपुर–६ निवासी यादवको मंगलबार आफ्नै निवास गोलबजारमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । छोरा बुहारीसँगै गोलबजार नगरपालिका–६ मा बस्दै आएका उनको आज अपराह्न निधन नेकपा एमाले […]
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

सामाजिक फीड, काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा राष्ट्रियसभामा रहेका सत्तापक्षीय चार दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । बैठकको अध्यक्षता गरेकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत […]
सुनको सिक्री नपाउँदा बिहे नै रद्द गर्ने बेहुला पक्राउ

सामाजिक फीड, पर्सा, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरिदिएका बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सिक्री नपाउँदा विवाह मण्डपबाट उठेर जन्तीलाई समेत फर्काएपछि प्रहरीले पक्राउ गरेको हो । जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका साहले विवाह मण्डपमा बेहुली […]
होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, २९ फागुन । जनकपुरधामको एक होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु भएको छ। मंगलबार सिटी स्टार फेमिली होटलबाट अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्याइएकी युवतीको मृत्यु भएको हो । मृतक पोखराको मियाँ टोलकी २७ वर्षीया खुश्बु सुनार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अर्को कोठामा बस्ने व्यक्तिले ती युवतीलाई बेहोस अवस्थामा देखेपछि होटल […]
मधेशसहित तीन प्रदेशका प्रमुख पदमुक्त, मधेशमा भण्डारी सिफारिस

सामाजिक फीड, काठमाडौँ, २८ फागुन । संघीय सरकारले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रलाई पदमुक्त गरेको छ । सोमबार मिश्रलाई पदमुक्त गरी सुमित्रा भण्डारीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । भण्डारी नेकपा एमालेनिकट रहेको बताइएको छ । त्यस्तै, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ, सुदूरपश्चिमका […]
कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी

कैलाली, २८ फागुन । कैलालीको कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । सोमबार दिउँसाे चिसापानीस्थित पुलमाथि गुडिरहेको अवस्थामा ट्रकमा आगलागी भएको हो । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । लाइटर बोकेको ट्रकमा आगलागी जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जनाएका छन् । आगो निभाउने प्रयास भइरहेको छ । samajik_feedsamajikfeed.com
दार्चुलामा हिरासतबाट भागेका थुनुवालाई पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

समाजिक फीडजनकपुरधाम, फागुन २८ गते । जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतबाट एकजना थुनुवा भागेका छन्। महाकाली नगरपालिका–१ का उमेशसिह कुँवरलाई जिल्ला प्रहरी कार्यालयले थुनुवा कक्षाबाट मुद्दा शाखा लगेर सोधपुछ गरिएको थियो। त्यसक्रममा उनी हत्कडी लगाएकै अवस्थामा भागेर महाकाली तरेका थिए। जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हामफालेर भाग्ने क्रममा जवान चौधरीले सिंहलाई रोक्न खोजेका थिए। हतकडीसहित हामफालेका […]
माघ २७ मै मनाइसकिएको पर्वको बिदा फागुन २८ गते !

सामाजिक फीड, काठमाडाैँ, २८ फागुन । संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै आज सार्वजनिक बिदा दिएको छ । तर, यो पर्व एक महिनाअघि अर्थात् माघ २७ मै मनाइसकिएको शेर्पा समुदायले जनाएको छ । एक महिनापछि बिदा दिइएको भन्दै नेपाल शेर्पा संघले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले त्रुटि गरेको संघका […]
प्लाई उद्योगमा भीषण आगलागी

सामाजिक फीड, झापा, २८ फागुन । झापाको ज्यामिरगढीमा रहेको प्लाई उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका–१५ स्थित भगवती प्लाइउड उद्योगमा बिहान ५ बजेदेखि आगलागी भएको हो । आगो अझै नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । करिब ९ घण्टा बित्दासमेत आगलागी नियन्त्रणमा नआएपछि भारतबाट समेत दमकल झिकाइएको छ । बिहानैदेखि झापाका सबै नगरपालिका, मोरङ, […]