Samajik Feed – News Portal from Nepal

एमाले नेता नेम्वाङको आज अन्त्येष्टि गरिँदै, शोकमा सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम,भदौ २८ गते । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट निकालिएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो । शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् । बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, […]

रहिनन् जसपाकी मधेश प्रदेश सांसद बिन्दु यादव

सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । जनता समाजवादी पार्टी (जसपा)की मधेश प्रदेश सांसद सांसद विन्दु कुमारी यादवको निधन भएको छ । दुईवर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा आज बिहान साढे ८ बजे निधन भएको अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ […]

भ्रमण जाँदै गरेको बस रोकि राखेको ट्रकमा ठोक्किँदा ७ जनाको मृत्यु, ३० जना घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । बाँकेमा रोकि राखेको ट्रकमा भ्रमण जाँदै गरेको बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ना ७ ख २३२१ नम्बरको बस ठोक्ँिकएर दुर्घघटना भएको हो दाङबाट बर्दिया जाँदै गरेको बस दुर्घटनामा चालकसहित सात […]

खुकुरी आक्रमणबाट घाइते नेता यादवको स्वास्थ्य अवस्था स्थिर, आइसियुमा उपचार हुँदै

सामाजिक फीड-जनकपुरधाम, भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै यादवको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।सेन्टरले उनको उपचार आईसीयूमा भइरहेको जानकारी दिएको हो । यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले […]

काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

सामाजिक फीड-जनकपुरधाम, भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनी घाइते भएका छन् । घाइते यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एकजनलाई पक्राउ गरेको छ । […]

आज श्रीकृष्णजन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक बिदा

रासस-जनकपुरधाम, भदौ २० गते । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष […]

मधेश प्रदेशका स्वतन्त्र सांसद यादव जेल चलान

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान भएका छन् । सप्तरी जिल्ला अदालतको आदेशमा उनलाई आज पुर्पक्षका लागि जेल चलान गरिएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासको आदेशमा उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको स्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । अदालतको […]

मधेश प्रदेशका स्वतन्त्र सांसद यादव हत्या अभियोगमा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते । हत्या अभियोगमा मधेश प्रदेशका एक स्वतन्त्र सांसद पक्राउ परेका छन् । सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका हुन् । उिनलाई सप्तरी सदरमुकाम राजविराज ७ बाट आज दिउँसो करिब ३ बजे प्रहरीले पक्राउ गरेको हो […]

मधेशसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। साथै लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना […]

जयनगर-भंगहा रेललाई तेल किन्न समस्या, सेवा बन्द हुने सम्भावना

सामाजिकफीड-जनकपुरधाम, भदौ १५ गते नेपाल रेल्वे कम्पनी महाप्रबन्धकबिहीन भएपछि भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा नै रोकिने अवस्थामा पुगेको छ । २ भदौमा कम्पनीका महप्रबन्धक निरञ्जन झाको पदावधि सकिएको थियो । त्यस यता रेलमा हालिँदै आएको डिजेलको रकमको भुक्तानी रोकिएको छ । तेलको आर्थिक दायित्व भुक्तानी नभएकाले रेलको सेवा नै रोकिने अवस्था आएको दाबी कर्मचारीहरुको छ । महाप्रबन्धकलाई […]