बिहारमा गोली दागेर एक नेपालीको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । बिहारमा एक नेपालीको गोली दागेर हत्या भएको छ । बिहारको रमगढवामा रौतहट सदरमुकाम गौर नगरपालिका ९ का ४० वर्षीय दिलीप सिंहको अज्ञात समूहले गोली दागेर हत्या गरेका हो । रमगढवामै रहेको शिव शक्ति राइस एन्ड फ्लोर मिलमा मुन्सीका रूपमा कार्यरत सिंह मुजफ्फरपुरबाट पैसा संकलन गरेर फर्केपछि मिलको गेटमै गोली […]
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

रासस-जनकपुरधाम, कार्तिक १ गते । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ […]
बडा दसैँको दोस्रो दिन आज भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, असोज २९ गते । नेपालीको महान चाड बडादसैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, […]
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए सपथ

विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् । आजै मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखबाट शम्शेर राई र रामबहादुर रानाले पनि मन्त्रीको […]
आजदेखि दसैं सुरु, घटस्थापना गरिँदै

रासस-जनकपुरधाम, असोज २८ गते । आजदेखि नवरात्र प्रारम्भ भएको छ।नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैंसुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र […]
३० महिना भित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको प्रतिवेदन तयार पार्ने सहमति

रासस-काठमाडौं, असोज २६ गते । नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने […]
इजरायलबाट २५३ नेपाली स्वदेश आइपुगे

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट उनीहरु गए राति १ बजे स्वदेश फर्किएका हुन् । द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए । […]
सम्प्रदायिक सद्भाव भड्किएको जिल्लाका सिडिओ र एसपीको सरुवा

सामाजिक फीड-जनकपुरधाम, असोज २५ गते । पछिल्लो समय सम्प्रदायिक सद्भाव भड्किएको जिल्लाका सुरक्षा निकायका प्रमुखको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ । यस्तै बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान […]
उपराष्ट्रपति यादवलाई डेंगी संक्रमण, अस्पताल भर्ना

सामाजिक फीड-जनकपुरधाम, असोज २५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगी संक्रमण भएको छ । उनलाई डेंगी लागेपछि उपचारको लागि अस्पताल भर्ना गरिएको उनका सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहेका छन्। यसैबीच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले टेलिफोन गरी उपराष्ट्रपति यादवलाई स्वास्थ्यलाभको […]
हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुको सम्मानमा आज राष्ट्रिय शोक

सामाजिक फीड-जनकपुरधाम, असोज २३ गते । नेपालमा आज राष्ट्रिय शोक घोषणा गरिएको छ । प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक नेपालीहरुको सम्मानमा आज राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित […]