राममन्दिरको प्राणप्रतिष्ठामा जानकी मन्दिरले कोसेली पठाउने

रासस-जनकपुरधाम, पुस ८ गते । भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’ का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ । जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्यासम्म विशेष यात्रासहित यहाँको उपहार पठाइन लागेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । उपहारमा विभिन्न प्रकारका आभुषण, भाँडावर्तन, समावेश गरिनेछ । उनका […]
बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु

बर्दिया, ७ पुष । बर्दियाको बैरियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शनिबार बिहान बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो । बिहान साढे ११ बजेतिर सामुदायिक वननजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो । उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु […]
‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ, ७ पुष । ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका सञ्चालक पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा विदेश पठाउने मोरङका विनोद कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । उनले एयरलाइन्सलाई प्रतिव्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय […]
नारायणगढ–मुग्लिन सडकमा आजदेखि दैनिक चार घण्टा गाडी चलाउन नपाइने

चितवन, ७ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा […]
मधेशमा गत वर्षभन्दा ९२ हजार मेट्रिकटन कम धान उत्पादन

सामाजिक फीड-जनकपुरधाम, पुस ७ गते । अन्नको भण्डार मानिने मधेश प्रदेशम गत वर्षको तुल्नामा तुलनामा ९२ हजार मेट्रिकटनले कम धान उत्पादन भएको छ । यो वर्ष प्रदेशमा १२ लाख ९६ हजार ९०७ मेट्रिकटन मात्रै धान उत्पादन भएको मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गत वर्ष १३ लाख ८८ हजार मेट्रिकटन धान […]
काठमाडौँ महानगरभित्रका विद्यालयले अनुशासन इन्चार्ज राख्न नपाउने

काठमाडाैँ, ६ पुष । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् जानकारी दिएका छन् । विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक […]
प्रधानमन्त्री दाहालद्वारा इनरुवा सवस्टेशनको उद्घाटन

सुनसरी, ६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरण इनरुवा सवस्टेशनको उद्घाटन गरेका छन् । शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा प्रधानमन्त्री दाहालले ४००/२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगिसकेको भन्दै केही समयमै नेपाल सम्पूर्ण रूपमा उज्यालो हुने बताए । आउँदो डेढ वर्षमा शतप्रतिशत जनतामा […]
धनुषामा प्रहरी हिरासतमै एकजनाको मृत्यु , स्थानीयले गरे तोडफोड

सामाजिक फीड- जनकपुरधाम, पुस ६ गते । समातेर ल्याएका एकजनाको इलाका प्रहरीमै मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका स्थित सुगा निकास इलाका प्रहरी कार्यालयमा गए राति स्थानीय अन्दाजी ४५ वर्षीय दीपनारायण मणडलको मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीय आक्रोशितले प्रहरीले इलाकामाथि ढुंगामुढा गरेका छन् । त्यस […]
मन्त्री किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

काठमाडौँ, ५ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । बिहीबार पार्टी प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्तिप्रति गम्भिर आपत्ति प्रकट गर्दछ । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा […]
कांग्रेस मधेश प्रदेश सम्मेलन: पटक–पटक बोलाउँदा पनि मञ्चमा गएनन् निधि

जनकपुरधाम, ५ पुस । नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन बिहीबार जनकपुरधाममा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी भएका छन् । तर, वरीयताको विषयलाई लिएर नेपाली कांग्रेस मधेश प्रदेशको सम्मेलनमा असन्तुष्टि देखिएको छ । तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनमा मर्यादाक्रम मिचेको भन्दै कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मञ्चमै […]