राष्ट्रका नाममा प्रधानमन्त्री दाहालको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, १० पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रबर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिएका छन् । उनले […]
सरकारको एकवर्षे प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, १० पुष । सरकारले एकवर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको संयुक्त सरकारको प्रगति विवरणमा विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद सरकारले एक वर्षको छोटो अवधिमै पनि […]
कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु

धनगढी, १० पुस । कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० आमखैका ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको हो । घरको आगनमा बालेको आगो ताप्ने क्रममा त्यसमा लडेर बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए । samajik_feedsamajikfeed.com
किराँत समुदायले आज उधौली पर्व मनाउँदै

काठमाडौँ, १० पुष । किराँत समुदायले आज उधौली पर्व मनाइरहेको छ । किराँतहरूले हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन याे पर्व मनाउँछन् । मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा उधाैली मनाउने गरिएको हो । किराँत राईहरूको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा […]
अयोध्याको राममन्दिरमा ‘भार’ लैजाने विषयमा जानकी मन्दिरका महन्त र सह-महन्तबीच मतभेद

सामाजिक फीड-जनकपुरधाम, पुस ९ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली (भार) लैजाने विषयमा जानकी मन्दिरका महन्त र सह महन्तबीच मतभेद देखिएको छ । सह महन्त रामरोशन दासले दुईदिन अघि पत्रकार सम्मेलन गर्दै अयोध्याको नवनिर्मित राममन्दिरमा जानकी मन्दिरबाट कोसेली जाने बताएका थिए । मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले कोसेली लिएर […]
रेड नोटिस जारी भई फरार रहेका एक जना कतारबाट पक्राउ

काठमाडौँ, ९ पुष । प्रविधिको प्रयोग गरी बैंकबाट रकम चोरी घटनाका आरोपित एक जनालाई कतारबाट पक्राउ गरिएको छ । धनुषाको औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका हुन् । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई उनी फरार थिए । उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको […]
आज ‘क्रिसमस डे’ मनाइँदै

रासस-काठमाडौं, पुस ९ गते । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । […]
सांसद् कोइरीको निलम्बन फुकुवा

काठमाडौँ, ८ पुष । नेकपा एमालेका प्रतिनिधिसभा सांसद् लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । मधेश आन्दोलनसँग सम्बन्धित मुद्दामा अदालतबाट सफाइ पाएपछि आइतबार संसद् सचिवालयले पनि कोइरीको निलम्बन फुकुवा गरिदिएको हो । यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए । संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति […]
हंसपुर नगरपालिकाका तत्कालिन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, पुस ८ गते । पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार भएको ठहरसहित हंसपुर नगरपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । वडा नं. १ भगवानपट्टीको पोखरी ठेक्कामा भ्रष्टाचार भएको अभियोगमा ख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी सहित चारजनाविरुद्ध मुद्दा दायर गरेको हो ।उनका अलावा वडा नं. […]
करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौँ, ८ पुस । महोत्तरी र काठमाडौँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका–१ मर्धरटोलका २५ वर्षीया प्रियङ्का महतोको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको विद्युतीय बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, काठमाडौँ महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट […]