Samajik Feed – News Portal from Nepal

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सिरहा, १३ पुष । सिरहाको नवराजपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो नगराजपुर गाउँपालिका–४ मा बीआर ३२ एएन ०५९२ नम्बरको स्कुटर र स.९ प १७३० नम्बरको मोटरसाइकल ठोक्किँदा स.९ प १७३० नम्बरको मोटरसाइकलमा सवार नवराजपुर गाउँपालिका-२ मझौराका ७३ वर्षीय बिल्टु यादवको मृत्यु […]

गहुँको समर्थन मूल्य तोकियो

काठमाडाैँ, १२ पुष । संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा तोकेको हो । गत वर्षभन्दा यस वर्ष प्रतिक्विन्टल २ सय ९९ रुपैयाँ १४ पैसा बढाएर मूल्य निर्धारण गरिएको छ। गत वर्ष गहुँको […]

शेखर कोइरालाले भने– ‘ठूला भ्रष्टाचारमा ठूला नेताको हात छ’  

पाँचथर, १२ पुष । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला नेताहरूको हात रहेको दाबी गरेका छन् । बिहीबार नेपाल प्रेस युनियन पाँचथरले फिदिममा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले ठूला नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला ठूला भ्रष्टाचार गरेको बताएका हुन् । उनले भने, ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो । एनसेल […]

दुई जना घर र गोठमा मृत भेटिए

सर्लाही, १२ पुस । सर्लाहीमा एक जना मृत अवस्थामा फेला परेका छन् । हरिपुर्वा नगरपालिका-३ धनकौलका ७५ वर्षीय राजनारायण राय मृत फेला परेका हुन् । उनी आफ्नै गोठमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौँ दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली पनि आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् […]

पूर्वडीआईजी शाहसहित दुई जना भ्रष्टाचारी ठहर

काठमाडौँ, ११ पुस । पूर्वप्रहरी नायव महानिरीक्षक डीआईजी महेशविक्रम शाहसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वडीआईजी शाह र पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिएका छन् । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सिन्धुलीको दुधौलीमा कार्यरत रहेका बेला ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता […]

अमेरिका पठाइदिने भन्दै २६ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ, ११ पुष । अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन् । उनीविरुद्ध कृतेश खरेलसमेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्कविहीन भएको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई […]

घुस लिएको आरोपमा पूर्वरजिस्ट्रार पक्राउ

काठमाडौँ, ११ पुस । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली घुस लिएको आरोपमा पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते […]

सिरहाको मिर्चैयास्थित होटलमा एक जनाको मृत्यु

सिरहा, ११ पुष । सिरहाको मिर्चैयास्थित होटलमा एक जनाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकमा रहेको ओखलढुङ्गे गिरि हाेटल एण्ड गेष्ट हाउसमा सिरहा कल्याणपुर–१० का ४० वर्षीय नवीन भनिने मुकेशप्रसाद कर्णको मृत्यु भएको हो । बुधबार होटलमा अचानक ढलेका कर्णलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको […]

बुधबारका दिन जेष्ठ नागरिक सम्बन्धि बालबालिकालाई पढाउन विद्यालयलाई पत्राचार

सामाजिक फीड-जनकपुरधाम, पुस ११ गते । सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन सरकारले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मन्त्रालयले बसधबा। शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गर्दै सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार […]

बराका प्रिन्सीपल स्वर्णाकारको हत्याका सुटर पक्राउ, प्रहरीले खुट्टामा दागे गोली

सामाजिक फीड-जनकपुरधाम, पुस ११ गते । बराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट राति ८ बजे मुख्य सुटर मानिएका ३२ वर्षीय सुजित सिंहलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए […]