Samajik Feed – News Portal from Nepal

गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

काठमाडौँ, १५ पुष । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाइरहेको छ । पुस १५ गते गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छ । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ […]

बंगलादेश–नेपाल बस सेवा सञ्चालन गर्ने तयारी

ढाका । बंगलादेश–नेपाल बस सेवा सञ्चालन गर्ने तयारी भएको छ । बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी) ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो । सस्तो हुने भएकाले धेरै मानिस बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो । बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक […]

प्रभु साहले भने– ‘अन्तरिम सरकार नबने अर्धसैन्य शक्तिको बलमा समानान्तर सरकार गठन हुन्छ’

रौतहट, १४ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद् प्रभु साहले अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेका छन् । शनिबार रौतहटको मौलापुरमा पार्टीनिकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष साहले देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएको भन्दै तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका […]

काठमाडाैँमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ, १४ पुष । काठमाडाैँमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बुढानीलकण्ठ नगरपालिका-२ भंगाल बस्ने उदयपुरका २४ वर्षीय दिलबहादुर तामाङलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । ती किशोरीसँग भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी भएको पनि प्रहरीले जनाएको छ । घटनाको […]

सरकारले बालकुमारी घटनाका दुबै मृतक परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । सरकारले ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएको दुई युवकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार बसेको मन्त्री परिषद बैठकले बालकुमारी घटनामा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय गरेको हो । शुक्रबार बालकुमारीमा प्रदर्शनको क्रममा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको […]

बालकुमारी घटना: नेविसंघद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ, १४ पुष । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको विरोध गर्दै शनिबार मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गर्न पुगेका नेविसंघसम्बद्ध विद्यार्थी नेताहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् । गृहमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न नसकेको पनि उनीहरूले आरोप लगाएका छन् । उनीहरूले करिब आधा […]

बालकुमारी घटनाको विरोधमा प्रदर्शन, सात जना पक्राउ

काठमाडौँ, १४ पुष । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार माइतीघरमा अभियन्ताहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बालकुमारीमा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो । शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर […]

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो । घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको अदालतको ठहर छ । उनलाई […]

मन्त्रीको गाडी जलाएको प्रकरणमा अर्को युवकको पनि मृत्यु, छातीमा भेटियो निलडाम

समाजिक फीड- काठमाडौं, पुस १३ गते । ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा घाइते भएका अर्को युवकको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखका सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। यसअघि डोटीका वीरेन्द्र साहको मृत्यु भएको थियो । आन्दोलनका क्रममा घाइते […]

सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला

हेटौँडा, १३ पुष । सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका छन् । केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका उनीहरूले अधिकारका लागि थप रणनीति बनाउन शुक्रबार तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया गरेका हुन् । भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरूसमेत सहभागी छन् । उनीहरूबाहेक मुख्यमन्त्रीको समेत छुट्टै बैठक बस्दैछ […]